धूम्रपान र मद्यपान लतका कारण बिरामी बढे: डा. प्रशान्त शाह

  • असार ३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / परिवर्तनका लागि सामाजिक अभियानले संचालन गरेको जनचेतना कार्यक्रममा धुम्रपान र मद्यपानको लतका कारण धेरै बिरामीहरु हुने गरेको पाइएको छ ।

हरेक १४ दिनमा आयोजना हुने सामाजिक स्वास्थ्य क्लिनिकका चिकित्सक डा.प्रशान्त शाहका अनुसार बिरामीहरुलाई धुम्रपान र मद्यपानको कुलत नै समस्या भएको र आहार बिहारमा ध्यान पुर्याउनु पर्ने आवस्यकता रहेको छ ।

अभियानद्वारा आयोजित सामाजिक स्वास्थ्य क्लिनिकको ३९ औं संस्करणमा वरिष्ट मुटु रोग विशेषज्ञ डा. शाहले मुटु, उच्च रक्तचाप र मधुमेह सम्बन्धि परिक्षण गरेका छन् ।

धरान १६ स्थित जोरसखुवा भुल्के बुवा समुहको सहकार्यमा आयोजित उक्त क्लिनिकमा १ सय २ जना बिरामीहरुको स्वास्थ्य परिक्षण गरिएको परिवर्तनका लागि सामाजिक अभियानका अध्यक्ष विष्णु बरालले बताए ।

बरालका अनुसार यो कार्यक्रम विशेष गरि ७० वर्षभन्दा बढी उमेरका जेष्ठ नागरिकका लागि आयोजना गरिएको हो ।

सामाजिक अभियानमा अभियन्ताहरु मोहन श्रेष्ठ, भोजराज श्रेष्ठ, वर्षा अग्रवाल, हेमचन्द्र ढकाल, निशान नेपाल, राजु फुँयाल लगायतको सहभागिता रहेको थियो ।
त्रिभुवन बरालको संयोजकत्वमा सम्पन्न कार्यक्रममा स्टाफ नर्स रमला गुरागाईले रक्तचाप परिक्षण गरेकी थिईन ।

क्लिनिकमा निःशुल्क मधुमेह परिक्षण र निःशुल्क औषधी वितरण समेत गरिएको थियो ।

सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विजय डाँगाले घरआँगनमै सहजता साथ स्वास्थ्य परिक्षण गर्न पाएकोमा खुशी व्यक्त गर्दै अभियानप्रति आभार प्रकट गरेका थिए ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved