काठमाडौं / नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी विनिमय दर सार्वजनिक गरेको छ ।
आज अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८० पैसा रहेको छ ।
आइतबारका लागि अमेरिकी डलर एकको बिक्रीदर भने १३१ रुपैयाँ ४० पैसा रहेको छ ।
राष्ट्र बैंकका अनुसार आज यूरोपियन यूरो एकको खरिददर १४३ रुपैयाँ १९ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८४ पैसा छ । आज युके पाउन्ड स्ट्रेलिङ एकको खरिददर १६७ रुपैयाँ २९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६ पैसा कायम भएको छ ।
यस्तै, आज अष्ट्रेलियन एकको खरिददर ८९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९० रुपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३४ पैसा छ ।
राष्ट्र बैंकका अनुसार जापनीज १० येनको खरिददर ९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९ रुपैयाँ ३२ पैसा छ ।
बुधवारका लागि सिंगापुरे डलर एकको खरिददर ९७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३३ पैसा, हङकङ डलर एकको खरिददर १६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६ रुपैयाँ ७९ पैसा रहेको छ।
त्यसैगरि साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८८ पैसा र बिक्री ३६ रुपैयाँ ५ पैसा, यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ६१ पैसा, बिक्रीदर ३५ रुपैयाँ ७८ पैसा र मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ ३५ पैसा र बिक्रीदर २८ रुपैयाँ ४८ पैसा तोकिएको छ ।
यता, दक्षिण कोरियन वोन १०० को खरिददर १० रुपैयाँ २६ पैसा र बिक्रीदर १० रुपैयाँ ३१ पैसा, कुवेत दिनार एकको खरिददर ४२६ रुपैयाँ २९ पैसा र बिक्रीदर ४२८ रुपैयाँ २५ पैसा कायम भएको छ ।