धरान/ मोरङ कानेपोखरी गाउँपालिका वडा नम्बर ७ बाट ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित दुई जनालाइ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यलय पथरीबाट खटिएको प्रहरिको टोलिले को २९ प २८७५ नम्बरको मोटरसाईकलका चालक जिल्ला मोरङ केरावारी गाउँपालिका वडा नं. ८ बस्ने बर्ष ४२ को चन्द्र कार्की र सोही मोटरसाईकलमा सवार जिल्ला मोरङ केरावारी गाउँपालिका वडा नं.७ बस्ने वर्ष ४५ को सुक्र लिम्बुलाई पक्राउ गरेको हो ।
प्रहरीको टोलीले चेकजाँचको क्रममा ७ ग्राम ३ सय मिलिग्राम अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ सहित उनिहरुलाइ पक्राउ गरेको हो ।
उनिहरुलाइ अदालतबाट लागू औषध कसूरमा पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।