प्रतिकेजी ८ रुपैयामा पनि टमाटर विक्री हुदैन "यो बर्ष टमाटरको मूल्य अत्यन्तै न्यून"

  • असार १, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

 

धरान / यो बर्ष सिजनमा पनि टमाटारले मूल्य पाएन । कृषि उपज बजारका अनुसार यो बर्ष होलसेलमै प्रतिकेजी ५ देखि ८ केजीसम्म टमाटरको खरिदविक्री भएको जनाएका छन् ।

केही दिन अगाडिसम्म प्रतिकेजी ४० रुपैयासम्म विक्री भएको टमाटर शुक्रबारसम्म आइपुग्दा मूल्य घटेर होलसेलमै ८ रुपैया प्रतिकेजीमा कारोबार भएको कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराई बताउँछन् ।

व्यवस्थापक भट्टराई भन्छन्–‘टमाटारको मूल्य अहिलेसम्मकै सबैभन्दा कम हो, गत बर्ष समेत प्रतिकेजी ४० रुपैयाँसम्म खरिद विक्री भएको थियो, तर यसपटक प्रतिकेजी ८ रुपैयामा पनि विक्री भएको छैन ।’

मोरङ, सुनसरीसहित पहाडी क्षेत्र धनकुटा, तेह्रथुम लगायतबाट टमाटर भित्रिने गरेको छ । व्यवस्थापक भट्टराईका अनुसार यो बजारमा सिजनका समयमा १३ हजार ७ सय ७० ट्रनसम्म कारोबार हुने गरेको छ ।

यो बर्षको जेष्ठ अन्तिमसम्म कव्यवस्थापक भट्टराईका अनुसार आर्थिक बर्ष ०८१÷८१ मा बजारले १३ हजार १ सय ४१ मेट्रिक टन कारोबार गर्ने आंकलन गरेको भएपनि यो बजारबाट १२ हजार ४ सय ५९ मेट्रिकटन टमाटर कारोबार भइसकेको छ ।

टमाटरको मूल्य अत्यन्तै न्यून हुदा सबैभन्दा मारमा कृषक परेका छन् । धनकुटा सागुगरीगढीका कृषक लालबहादुर राईले बारीबाटै टमाटर दुई रुपैया प्रतिकेजी पनि विक्री हुन छाडेको बताए । जति धेरै मूल्यमा खरिद विक्री भयो त्यति धेरै कृषक र व्यापारी दुवैलाई फाइदा हुने कृषक राई बताउँछन् ।

हेलसेल व्यापारी सुमन तामाङले एक महिना अगाडि प्रतिकेजी ४० रुपैयामा विक्री कारोबार भएको टमाटर एकै पटक अहिले ८ रुपैयामा समेत विक्री हुन नसकेको बताए ।

उनले भने–‘एक महिना अगाडि सम्म ४० रुपैयामा कारोबार थियो, अहिले ८ रुपैयाँमा पनि विक्री भएको छैन, अहिले हामीलाई प्रति क्यारेट ७० रुपैयाभन्दा बढी घाटा छ ।’

उनले नेपालमा उत्पादन भएको टमाटर भारतसम्म निर्यात हुने बताउदै अत्याधिक उत्पादन र भारतले टमाटर माग नै नगरेका कारण मूल्यमा गिरावट आएको बताए ।

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved