भालढुंगा माविलाई सुच्चा राईहरुद्वारा दशवटा पंखा प्रदान

  • जेठ ३२, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / आफ्नो जातीय उत्थानका लागि गठन भएको सुच्चा राई कल्याणकारी समाजले पछिल्लो समय सामाजिक कार्यलाई समेत निरन्तता दिँदै आएको छ ।

समाजले जातीय उत्थानका लागि मात्र हैन समय समयमा रक्तदान कार्यक्रमको आयोजना गर्ने, शैक्षिक क्षेत्रमा सहयोग गर्ने, लगायतका कामलाई निरन्तता दिँदै आएको छ ।

पछिल्लो समय समाजले धरान उपमहानगरपालिकाको २० नं वडामा रहेको भालढुंगा माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पठनपाठनमा सहज होस् भन्ने उद्देश्यले १० थान पंखा दिएको छ ।

354411672_648600586727015_3289009302233335596_n-(1)

गर्मीका कारण पठनपाठनमा समस्या आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमकुमार राईले समाजालाई जानकारी गराएपछि सहयोग स्वरुप विद्यालयलाई १० वटा पंखा प्रदान गरिएको सुच्चा राई कल्याणकारी समाजका उपाध्यक्ष विनोस राईले बताए ।

वितरणमा समाजका केन्द्रीय अध्यक्ष बिनोद कुमार राई, उपाध्यक्ष बिनोश राई जिल्ला उपाध्यक्ष चण्डिप्रसाद राईसँगै सदस्य प्रेम राई शान्ता राई नरादेबी राईको उपस्थिति रहेको थियो ।

समाजले सोही दिन धरान २० विष्णुपादुकको ठूलो खैरेनीमा हावाहुन्डरीले छाना उडाएर समस्यामा परेका परिवारलाई समेत आर्थिक सहयोग गरेको समाजमा अध्यक्ष विनोदकुमार राईले बताए ।

354433323_1653414735101478_97555766093840834_n-(1)

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved