प्रतिष्ठानलाई छाता ऐनमा लान नहुने भन्दै संघर्ष समिति गठन

  • जेठ ३१, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐेनमा गाभ्ने सरकारी निर्णयप्रति धरानका राजनीतिक दल, व्यवसायि, सर्वसाधारण रुष्ट बनेका छन् ।

स्वायत्त संस्था प्रतिष्ठान नेपाल र भारतको प्रतीकको रुपमा स्थापना भएकोले यसको गरिमालाई बचाउन भएपनि छाता ऐनमा गाभ्ने निर्णय सरकारको निर्णय जायज नभएको भन्दै संघर्ष समिति समेत गठन गरिएको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई केही समय अगाडि सरकारले छाता ऐनमा गाम्भने निर्णय भएसँगै स्वायत्त रुपम सञ्चालन भएको प्रतिष्ठानको अस्तित्व नै समाप्त हुने भन्दै धरानका राजनीतिक दल, बुद्धिजीवि, व्यवसायी, सर्वसाधारणले यसलाई रोक्नका लागि माओवादी केन्द्रका नेता मुक्साहाङ मेन्याङबोको सयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठन गरिएको छ ।

समितिको सचिव जनता समाजवादी पार्टीका नगर अध्यक्ष ताजुब लिम्बु र व्यवस्थापन सचिव सुनसरी उद्योग वाणिज्य महासंघका महासचिव महेन्द्र प्रधान रहेका छन् । समितिले स्वायत्त संस्था प्रतिष्ठानलाई छाता ऐनमा गाम्न नदिन संघर्ष गर्ने जनाइएको छ ।

सो अवसरमा प्रतिष्ठानका डा. श्याम लम्सालले प्रतिष्ठान स्वायत्त हुदा र छाता ऐनमा गाभिदाको फरकको विषयमा कार्यपत्र नै प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि छलफल गर्दै धरानस्थित मितेरी बैंकका सिइओ तुलसीप्रसाद वस्तीले भने यस विषयमा फरक मत राखेका थिए ।

उनले छाता ऐनमा सरकारले अस्पताल नै मास्ने किसिकमले नभई यहाँको भ्रष्टाचार, कुरिती, विसंगतिको अन्त्यसँगै जनताका लागि प्रभावकारी स्वास्थ्य सेवा कसरी प्रदान गर्ने भन्ने हिसाबले ल्याएको बताऐ ।

उहाँले राज्यले अस्पतालाई चुस्त दुरुस्त राख्दै स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने राज्यको दायित्व भएकोले छाता ऐनमा प्रतिष्ठान जाँदा ठीक हो वा नजाँदा ठीक भन्ने कुरामा विचार विमर्श हुनुपर्नेमा जोड दिए ।

धरानका शिक्षाविद् प्रा.डा. राजेन्द्रप्रसाद शर्माले एम्सको मोडमा स्थापित यो संस्था, २०४९ सालमा स्थापना भएको सबैभन्दा पुरानो संस्था, नेपाल भारतको मैत्रीपूर्ण सहयोगमा निर्माण भएको यो संस्थालाई छाता ऐनमा लान नहुने तर्क राखे ।

उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईलाई ध्यानकर्षण गराउँदा उनाँले छाता ऐनमा गाम्न नहुने कुराको सकारात्मक जवाफ दिएको बताए ।

नेपाली काँग्रेस धरान उपमहानगर समितिका अध्यक्ष श्याम पोख्रेलले प्रतिष्ठानको गरिमालाई बचाइराख्न राजनीतिक दबाब आवश्यक भएको बताए । उनले राष्ट्रको उच्च निकायसम्म यो कुरालाई नपु¥याएसम्म यसले निकास नपाउने भएकोले घच्घच्याउन आवश्यक रहेको बताए ।

सो अवसरमा अधिकाश वक्ताहरुले नेपालकै पुरानो पुरानो स्वायत्त संस्था बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्तित्व नामेट हुन नदिन जोडदार आवाज उठाउनुपर्ने बताएका थिए ।

अहिले बनेको संघर्षसमितिले यो विषयमा सरकारलाई घच्घच्याइरहनुपर्नेमा सहभागीहरुले जोड दिएका दिए ।

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved