मद्वारा मेरो निर्माण: कविताको मौलिक विचार र दर्शनको केन्द्रीयता

  • जेठ ३०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

प्राचीन ग्रीसका महान दार्शनिक प्लेटो ठान्थे- "साहित्यले मानिसलाई भ्रष्ट बनाउछ ।"

यो किन भने होला आश्चर्य लागेर आउछ ! मानिसको भावनात्मक र संवेदनात्मक पक्षलाई मात्रै साहित्यले उठाईदिए पाठकलाई बौद्धिक रूपमा झन् कम्जोर बनाइरहेको हुन्छ नै, नकार्न सकिन्न ।

यसर्थ, साहित्य, बौद्धिक दृष्टिकोणबाट जीवन र जगत नियाल्ने माध्यम बनिनुपर्छ भन्ने मत दार्शनिक प्लेटोको रहेकोे पाइन्छ । प्रेमिल जोडीहरू जुहारी खेलेर हाटबजारी कृति मात्रै संस्मरण गर्न खोजेका हुन् सम्झियौं भने प्लेटोको माथिको भनाई अनुसारको जवाफ कविहरूले दिन तयार हुनुपर्ने हुन्छ ।

काल्पनिक साहित्यहरू नपढिने होइन तर अहिले उति पढिन्न । समयसँगै विज्ञान जन्मियो । विज्ञानले प्रविधि जन्मायो ।

यो प्रविधिसँगै मानिसले आफैलाई भुल्दै गईरहेको यस्तो अवस्थामा आफू के हो त जीवन र जगतमा ? सोध्नै बिर्सिएका छौँ ।

यस्तो बेला वैचारिक पक्ष कमजोर हुनु हो । जीवन र जगतलाई खोज्न यहाँ यो किताबको, कवि पोमूले आवश्यकता महसुस गर्नुभएको हुनसक्छ । किनकि, यो संग्रहमा पोरोक्मीको दर्शन, सिद्धान्त र मार्ग प्रसस्त सिकाएको भेटिन्छ । सेक्मुरी फूल हाँसेको पाइन्छ र हरेक मानिसलाई मान्छे बन्न आव्हान गरेको पाइन्छ ।

- समयलाई विघटन गरेर युगीन बोधसित समाञ्जस्य गरी स्वयम् आफैले आफूद्वारा आफ्नो निर्माण गर्नु छ (मद्वारा मेरो निर्माण) कवि पनि आममानिस हो । कविता मात्रै हो जीवन्त बाँचिदिने त ! कविता मानवजीवनको बोध गर्नलाई लेखिन्छ, पढिन्छ भनेर उहिल्यै कवि लेखनाथ पौड्यालले भनेका थिए । पौड्यालको 'साहित्य बिनाको मानिस पशुतुल्य हुन्छन्' भनाई र प्लेटोको दर्शन-भनाइमा कति समदुरी राख्छन् ? हाम्रो आ-आफ्नो दार्शनिक बुझाईहरू होलान् ।

तर मेरो मान्यता यो छ कि पाठकलाई सकारात्मक उर्जा दिनुसक्नु त्यो सफल साहित्य हो । निराशाले साँच्चै मानिसलाई भ्रष्ट नै बनाउछ । मैले पनि यहाँ यस संग्रहले पाठकलाई जीवन-दर्शन दिइरहेको भेट्दा यी दुई शब्द लेख्ने हिम्मत गरेको छु । हुन त आजभोलि कविता विधा बौद्धिकता निखार्नका लागी पढिन्छन्, लेखिन्छन् ।

दार्शनिक प्लेटो बेलाका प्रसिद्ध नाटककार होमरका इलिअट र अडिसी जस्ता कृतिहरूले बालमष्तिकमा मनोरञ्जन बाहेक ज्ञान दिदैन भन्ने बुझाई थियो भने अहिले हामी फ्रान्सेली दार्शनिक ज्याक डेरिडाको विनिर्माणवादी युगमा छौँ ।

त्यसैले पनि लगभग २३ सय वर्ष अघिको प्लेटो दर्शनले र डेरिडाको विनिर्माणवादी युगमा तादत्यता नराख्नु कुनै नौलो कुरो होइन । समयकाल बित्दै जाँदा प्रायः दर्शनहरू परिमार्जन हुँदै आएकाछन् । त्यसको प्रभाव नेपाली साहित्यमा मुलधारका भनिएको साहित्य लेखनबाट सीमान्तकृत समुदायको भाषा र लोक-साहित्य नलेखिनु 'मद्वारा मेरो निर्माण' जस्ता संग्रहहरू विनिर्माणको सशक्त उद्घोष भएर आउनु हो । 

उघाऔं तिम्बरकको पानी बनाऔं लिसोपासो खिपौं भलायो र सामसिङ मुक्तोका घुङरिङहरू तयार गरौं दलसिङ ढुङ्गा बाँध्नु छ असमानताको नाहेन । (माटोको गीत) "गाउँघरका बाँसहरुमा कलात्मक अक्षरले खिपेर लेखिने प्रेमिल सायारी, मुक्तक र केही सन्देशहरु हाम्रा गामवेशीका मौलिक साहित्य हुन् । त्यो बाँस- साहित्य हो । तर तिनीहरू अहिले लोभ भइरहेकाछन् ।"

सन् २०१९ फेब्रुअरी महिना सौलको एक साँझ भेलामा कवि पराजित पोमु नेपाली साहित्यप्रेमी साथीहरूलाई यहीँ कुरा सुनाउदै हुनुहुन्थ्यो । संगीतकार डिआर अटु दाईले हातै समाएर डोर्याउदै मलाई त्यहाँ पुर्याएको त्यो क्षण म भने चिन्दैनचिनेको नयाँ मान्छेहरूको हुलमा कतिबेला भागूँ-भागूँ भइरहेको थिएँ । साहित्यमा रूचि हुँदाहुँदै पनि भागिहिँड्ने बानी मेरो मात्रै होइन, यहाँ कति हो कति त्यस्ता रहेछन् !

भीडमा मज्जाले रमाइदिनेलाई सधैँ एकान्त ठिक लाग्दैन । म भने यसरी पनि त्यहाँबाट भागिरहेको थिएँ कि मलाई जीवनबाट साहित्य रुचि फुत्त निकालेर फ्याँक्नु थियो । के का लागि ? कसका लागी र किन साहित्य लेखिन्छ ? खासमा यसको जवाफ नै भेट्दिन'थेँ ।

जब परदेशमा कविताहरू सँगै घरदेशका गाउँघर भेट्छु अनि लाग्दोरहेछ -हो, साहित्य यसको लागि पनि लेखिन्छ ! - भर्लाको लहरामा जेलिएका सुनाखरी फूलहरू फूलमाथी उडेको सिम्फोनीहरू बैंसले लपक्क भिजेको जवानीमा उड्ने रङ्गीन पुतलीहरू- म हुँदै होइन ।

(मौन प्रेम) एउटा दार्शनिक जस्तो लाग्ने कवि पोमुलाई लिम्बू समुदायको मिथकिय बिम्बहरूमा, कवितामा र परदेशमा मेसिनसित दिनरात खेल्दै बाध्यताले मजदुरी गर्दै देश उन्न माहिर छन् भनेर मैले मात्रै कहावात गरेको सुहाउँदैन ।

नेपालको सुदूर पुर्व ताप्लेजुङमा जन्मिनु भएको कवि पोमु नेपाली साहित्यमा अहिले मिथकिय कविता लेख्ने लहरमा अग्र पंक्तितिर देखिनुहुन्छ । - कहिँ कतै होर्डिङ बोर्ड, बस, स्क्रिनहरूमा निकोला टेस्टका रिपिटेड अङ्कहरू १११, २२२, ३३३, ४४४ देख्न सक्छौ जिन्दगीको जेब्राक्रसमा अलमल हुन्छौ भनी सत्मार्ग सङ्केत गर्न म आएको मान्नू ! (अभिभाज्य पूर्णता) पहिलो कृति "लेप्मुहाङको डुङ्गा" मैले पढ्ने अवसर पाएको छैन ।

दोस्रो संग्रह 'मद्वारा मेरो निर्माण'का केहि कविताहरूमा बुद्धको मानवतावादी दर्शनलाई विश्वले अङ्गिकार गरिरहेको सन्दर्भमा हामी नेपालीले बिर्सन्दै गएको चिन्ता व्यक्त गर्नुहुन्छ ! यिन र याङको अविभाज्य पूर्णता र आध्यात्मिकताले जीवन र जगतको दृष्टिकोण सँगै उत्तरआधुनिकतातिर धकेलिएको विश्वमानव भूमण्डलीकरणको युगमा यसै पनि बाँच्नुपर्छ, उसै पनि बाँच्नु छ । दुखहरु धेरै छन् । कविसित दुखको अनुभुती हुन्न भने त्यहीँ कविता मर्छ ।

भाषा, कला, धर्म, इतिहास र केन्द्रीय राज्यसत्ता विनिर्माण हुनु समयसापेक्ष देश बाँच्नु हो । दर्शनका विद्यार्थीहरूलाई यी कविताहरू पठनीय छन् । कहिलेकाहीँ कविता पढ्ने-लेख्नेहरूले पहिले दर्शनको किताब पढेर कवि पराजित पोमूका कविताहरू पढ्नु भए स्वाद आउनेछ । - माथि मानेभञ्ज्याङ डाँडामा आनीले टाँगेको लुङ्दर फर्फराइरहेकोछ । (ॐ मणि पद्मे हुँ)

संचारकर्मी धमलालाई ह ...

धरान । जिल्ला प्रहरी कार्यालय सुनसरीले सन्चारकर्मी धमला ...

संचारकर्मी धमला आक्र ...

धरान/ सन्चारकर्मी सन्जिता धमलालाई आक्रमण प्रकरण गर ...

सामाजिक तथा आर्थिक ...

इटहरी/  समाजमा आर्थिक सवलिकरण गराउने उदेश्यले ...

धरान पिण्डेश्वरमा बो ...

धरान/ धरान उपमहानगरपालिका–१४ स्थित पिण्डेश्व ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved