साना व्यवसायीहरु एक जुट

  • जेठ २९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान /  अहिलेको विषम् परिस्थितिमा सबै व्यवसायीहरुलाई व्यवसाय टिकाउनै गार्‍हाे भएको समयमा साना व्यवसायीहरु अझ मारमा परेका छन् ।

सरकारले बढाएको करको दायरा, बैंकबाट लिएका ऋणको ब्याजवृद्धि, व्यवसायिक तरलता तथा घरधर्नीहरुले बढाएको मनोमानी भाडाका कारण समस्यामा परेका हुन् ।

साना व्यवसायीहरुको हक हितका लागि २०४७ सालमा गठन भएको नेपाल साना व्यवसायी संघलाई विस्तार गरेर अहिले साना उद्योगलाई समेत समेटेर नेपाल साना उद्योग व्यवसायी संघमा विस्तार गरेका छन् ।

व्यवसायिक हक हितका लागि अहिले पनि उनीहरु एक जुट भएर का मगदै आएका छन् ।

विजयपुर अत्याधित्मक मञ्च धरान १४ मा नेपाल साना उद्योग व्यवसायी संघले २२ औं पदस्थापना कार्यक्रम गरिरहदा सबै व्यवसायीको एउटै गुनासो थियो व्यवसायिक तरलता र राज्यबाट असहयोग ।

पदस्थापनामा कार्यक्रममा बोल्दै अध्यक्ष उद्धवप्रसाद अधिकारीले निर्वाचित भएर आएपछि उद्योगी व्यवसायीहरुको हकहितमा काम गर्ने, करमा परेका अफ्ठ्यारालाई समाधानको बाटो खोजिदिने,

घरबहाल लगायतका समस्यालाई समाधान गर्दै लाने संघको जिल्ला कार्यालय भएपनि प्रदेश कार्यालय छिट्टै खोल्ने, संघको आफ्नै भवन निर्माण गर्ने लगायतका लक्ष्य संघको रहेको बताएका थिए ।

विगतको तुलनामा संघले तुलनात्मक रुपमा धेरै काम गरेको निवर्तमान अध्यक्ष झलकमान श्रेष्ठले बताए । उनले विगतदेखि नै व्यवसायिक हक हितसँगै व्यवसायलाई परेको पीरमााको समाधान गदैै आएको बताए ।

उनले संघको सबैभन्दा ठूलो उपलब्धी आप्m्नै कार्यकालमा धरान १४ मा जग्गा उपलब्ध भएको र भवन निर्माणको प्रक्रिया समेत अगाडि बढिसकेको जानकारी गराए ।

यता यस संघमा आवद्ध साना उद्योगी तथा व्यवसायीहरुले यो संघले व्यवसायिक हितका लागि धेरै काम गरेको बताउएका छन् ।

संघमा आवद्ध धरान १५ का व्यवसायी उदयचन्द्र प्रसाद भगतले साना व्यवसायिकका लागि यो संघले उल्लेख्य काम गरेको बताए ।

साना व्यवसायीहरुलाई संगठित गर्दै व्यवसायिक हितका लागि काम गर्ने उद्देश्यले खोलिएको यो संस्थामा अहिले सैयौ सदस्य रहेका छन् ।

समस्या परेका समयमा उनीहरुको गुनासो पोख्ने ठाउँ नै यो संस्था भएको छ । यी संस्थाले उनीहरुको अधिकांश समाधान गरिदिने काम समेत गरेको छ ।

प्रथम पानबारी गोल्डक ...

धरान/ वैशाख २२ गतेदेखि जारी प्रथम पानबारी गोल्डकपम ...

सम्यक २५ औ वार्षिक उ ...

धरान/ मंगलबार श्री सम्यक शिक्षा आधारभूत विद्यालय ध ...

मुख्यमन्त्रीमा एमाले ...

मोरंग/कोशी प्रदेशको मुख्यमन्त्री पदमा नेकपा (एमाले) संस ...

श्रीलंका टप्पुमा माव ...

वराहक्षेत्र/ सुनसरी जिल्ला वराहक्षेत्र नगरपालिका व ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved