सुनचाँदी ब्यवसायी संघको नयाँ समिती सङ अन्तरक्रिया

  • जेठ ३०, २०८०
  • स्नेहा श्रेष्ठ ।
alt

सुनसरी/  नेपाल सुनचाँदी कला ब्यबसायी संघ सुनसरीले नयाँ कार्यसमिति लाई बधाई तथा शुभकामना साथै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार सुनसरी जिल्ला अध्यक्ष प्रदिप गहतराजको संयोजनमा भएको कार्यक्रममा सुनचाँदी व्यवसायी र कालिगडहरु बिछ अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

पछिल्लो समय व्यवसायीहरुलाई राज्यले गरेको व्यबहारका कारण निकै समस्या भोगिरहेको हुदा यस्ता समस्या बाट सुनचाँदी व्यवसायहरु कसरी उस्किन सकिन्छ भने विषयमा अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा सुनसरी अध्यक्ष गहतराजले सुनचाँदी व्यवसायीलाई भन्सारको १५ प्रतिशत बढदो करको बृद्धिदरले निकै मारमा पारेको बताए । उनले भने ञ२ लाख कालिगडहरुमा १ लाख विदेशी कालिगडहरु छन्,

बिदेशी कालिगडकै कारण नेपालको पैसा बाहिर बढि जान्छ, यसले हुदा नेपाली कालिगडको रोजगारी र काम खोसिएको छ, यस्ता समस्यालाई सरकारले गम्भीरता पुर्व सोच्नुपर्छ ।
सुन किन्न आउनेको भन्दा बेच्न आउनेको संख्या अहिले धेरै बढन थालेको उनको भनाइ छ । विदेशी गहनाहरु लगाउने ग्राहकहरु नेपालमा प्रसस्त बढन थालेकाले सरकारले व्यवसायीहरुलाई नयाँ प्रविधि सिकाउनु पर्ने बताए ।

नयाँ कार्यसमितिका अध्यक्ष घनश्याम रिजाल , कोषाध्यक्ष श्याम विश्वकर्मा , महासचिव बालकृष्ण विश्वकर्मा, उपाध्यक्ष सानुवावु वराईलि, प्रथम उपाध्यक्ष विष्णु वराईलि, द्वितीय उपाध्यक्ष द्वारिका शंखर लगायत अन्य सदस्यहरुलाई बधाई तथा शुभकामना

दिदै कार्यक्रमका प्रमुख अथिती रत्न तथा आभुषण महासंघका प्रथम उपाध्यक्ष तथा कला व्यवसायी संघका पुर्व अध्यक्ष राम प्रसाद लकान्द्रीले सुनचाँदी व्यवसायी सर्वप्रथम एकता भएर लागि पर्नु पर्ने समय आएको बताउदै अब व्यवसायीहरु चुप लागेर बसे विस्तारै सुनचाँदि व्यवसायीहरु धरातलमा पर्दै जाने बताए ।

नेपाल सुनचाँदी माहसंघले संघबाट ७ जनाको समिति संयुक्त कार्यदल गठन भएको र व्यवसायीहरुलाई जोखिमबाट उकास्न कानुन र विधि बजार व्यवस्थापन नितिक‍ो पालना गरेर व्यवसायीहरु समेत लागि पर्नु पर्ने बताए ।

कार्यक्रममा महासंघका केन्द्रीय निर्देशक हरि रसाइली र पुर्व अध्यक्ष केशव सेन्चुरी, द्वारिका शंकर, रुद्र बा। वराईलि , चित्रबहादुर शंकर र राम प्रशाद लकान्द्रिलाई सम्मानपत्र र दोसला ओढाएर सम्मान गरेको छ ।

आफुले पाएको मत पहिचा ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा पराजित पहिचान प ...

नेपालको राष्ट्रिय चर ...

काठमाडौँ/ काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरी ...

धरानमा दिप प्रज्वलन, ...

धरान/ मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान ...

पशुपतिको विद्युत शवद ...

काठमाडौं/ पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved