कोकाहाको पानी पकुवा झर्यो

  • जेठ ३०, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  श्रमदान अभियान शुरु गरेको ९८ औं दिनमा कोकाहाको पानी धरान आइपुगेको छ ।

करिब ४२ किलोमिटर दुरीबाट कोकाहा खोलाको पानी हिजो मध्यराती धरान २० स्थित पकुवा खोलामा खसालेर वास आउट गरिएको हो।

पाइपलाइन बराहक्षेत्रको भुभाग हुदै करिब ४२ किलोमिटर विछ्याइएको छ। गएराती पानी खसेको पकुवा खोलासम्म ३५ किलोमिटर दुरी रहेको धरान खानेपानी व्यवस्थापन बोर्डका सबइञ्जिनियर सुसन थापाले जानकारी दिए।

पाइपलाइन विस्तार भइसकेकोले वास आउट गरिसकेपछि पानी ट्यांकमा पुर्याइने थापाले बताए।

कोकाहाको पानी पकुवा खोलासम्म ल्याउन मेयर हर्क साम्पाङले आफै दुई दिनदेखि निरन्तर फिल्डमै खटिएका थिए। उनले पानी नल्याएसम्म घर नफर्कने घोषणा गरेका थिए।

आइतबार उनी घर नफर्कि पटनाली क्षेत्रमा नै बास बसेका थिए भने गए राती पानी पकुवा खोलामा खसेपनि उनी घर नफर्की खोलामा नै रात बिताएका थिए।

असम्भव लाग्ने कुरा सम्भव गरेर देखायौं,’मेयर साम्पाङले भने,‘भोकै काम गर्ने श्रमदाताहरुलाई, सहयोगी दाताहरुलाई सम्झन चाहन्छुँ । यो बाह्रो महिना नसुक्ने मुहान भएकोले ठुलो उपलब्धी हो।’

कोकाहा खानेपानी अभियानको लागि देशविदेशबाट ४ करोड बढी आर्थिक तथा पाइप, खाद्यान्न लगायत सहयोग भएको थियो।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved