विराटनगरमा खानेपानी आयोजना छिट्टै सुरु गर्ने जाइकाको तयारी

  • जेठ ३१, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर / विराटनगरमा खानेपानी सुधार आयोजना छिट्टै कार्यान्वयन आउने भएको छ ।
जापान सरकारको २ अर्ब ३० करोड अनुदान सहयोगमा निर्माण हुने आयोजनाका लागि सबै प्रक्रिया अगाडि बढिसकेको जनाइएको छ ।

जाइकाले निर्माण गर्ने आयोजनाका लागि ठेक्का प्रक्रियासमेत अगाडि बढिसकेको छ ।

आयोजनाको कामलाई प्रभावकारी बनाउन जाइकाको र नेपाल खानेपानी संस्थाको टोलीले आज महानगरपालिकाका मेयर नागेश कोइरालासित छलफल गरेको छ । टोलीले मेयर कोइरालासित जग्गा प्राप्ति र पाइप लाइनसम्बन्धी छलफल गरेको थियो ।

सो अवसरमा मेयर कोइरालाले महानगरपालिकाका तर्फबाट आयोजनाको काम समयमै सम्पन्न गर्नका लागि जाइकालाई सबै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले छिटो काम सुरु गर्न टोलीलाई आग्रहसमेत गर्नुभयो ।

छलफलमा महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सम्पर्क व्यक्ति पुनमकुमार दाहाल, सहरी तथा योजना महाशाखा प्रमुख इन्जिनियर अर्जुन थापा, खानेपानी संस्थाका महाप्रबन्धक ईश्वर प्रसाद, इन्जिनियर महाशाखा प्रमुख बुद्धरत्न महर्जन, विराटनगर शाखा प्रमुख सन्तोष रौनियार, जाइकाका प्रतिनिधि आलेप पौड्याल, राजेश कुशियात, खानेपानी बोर्डका अध्यक्ष गुणाखर भुषाललगायतको सहभागिता रहेको थियो ।

आयोजनाले विराटनगर सहरको खानेपानी क्षेत्रलाई फराकिलो बनाउँदै खानेपानी सुविधाको पुनर्निर्माण र विस्तार गरी विराटनगरका जनताको जीवनस्तर उकास्ने लक्ष्य लिएको छ ।

सो अवसरमा जाइकाका प्रतिनिधि आलेप पौड्यालले कोभिड–१९ का कारण आयोजना सञ्चालनका लागि केही ढिलो भए पनि अब प्रक्रियागत रुपमा कामले गति लिने बताउनुभयो ।

यसअघि पनि मेयर कोइरालाले काठमाडौंमै पुगेर जाइकाको टोलीसित भेट गरी आयोजना छिटो सञ्चालन गर्न ध्यानाकर्षण गराउनु भएको थियो ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved