समयमै तरहरा देखि सेउतीपुल सम्मको सडकखण्ड नबन्दा दुर्घटना बढ्दो

  • असार २, २०८०
  • "स्नेहा श्रेष्ठ"
alt

धरान / रानी किमाथांका सडक संजाल अन्तरगतको तरहरा देखि धरान सेउती पुलसम्मको सडक खण्डको निर्माण कार्यमा ढिलाइ हुँदा सवारी दुर्घटना बढ्नुको साथै यातायात ब्यबसायी मारमा परेका छन् ।

धरान देखि सेउति पुलसम्म आधा सडक निर्माण भए पनि तरहरा देखि सेउती पुल सम्मको सडक खण्ड अझै बन्न सकेको छैन ।

तरहरा देखि धरानको तिनकुने सम्मको पुरै सडक १ वर्षमा निर्माण भइसक्ने भने पनि अहिले सम्म पुरा हुन सकेको छैन । सेउति पुल देखि तरहरा सम्मको सडक समयमा बन नसक्दा दैनिक जसो दुर्घटना हुने गरेको छ ।

सडक विभागले ठेकेदारलाई कडाइ गर्न नसक्दा सडक निर्माणको कार्यको समय लम्बिरहेको छ । तिनकुने देखि सेउती पुल सम्म क्षेत्रमा धरान उपमहानगरपालिकाले पहल गरे पछि आधा सडक समयमै बनेको छ । तर सेउती पुल देखि तल्लो भागको ठेक्का पाएको कम्पनीले भने काम सकेको छैन ।

सडकको निमार्ण कार्य समयमा हुन नसक्दा गत साल २०७८ भदौ देखि २०८० सम्ममा ८० वटा सवारी दुर्घटना भएको धरान ट्राफिक कार्यलय प्रमुख श्याम कुमार बस्नेतले बताए।

उनका अनुसार ८० वटा सवारी दुर्घटनामा परि १० जनाको मृत्यु भएको छ भने १ सय ३५ जना घाइते भएका छन् । जोखिम सडकका कारण दुर्घटना बढेको उनको भनाइ छ ।

बर्खाको समय सुरु गएकाले सवारी दुर्घटना बढ्न सक्ने चालकहरुको भनाइ छ । समयमा सडक निर्माण हुन नसक्दा बर्खा याम भएकाले चिम्ट्यालो माटोले बाटो चिप्लिने भएकाले अधिकास स्कुटर, बाईक र ठुला गाडीहरु समेत दुर्घटना हुने गरेको छ।


सडकखण्डमा दैनिकी सवार यातायातको अवस्था दिनादिन कमजोर हुदै गएको सवारी चालकहरुको गुनासो रहेको छ। धरान देखि दैनिकी काकडभिट्टा जाने तुफान यातायातका चालक तेजबहादुर विक समयमै सडक नबन्दा धेरै नै समस्या भोग्नु परेको बताउछन ।

बाटोकै कारण ठुला गाडिहरुको पत्ती धेरै जसो भाचिने गरेकाले महिनामा कम्तिमा २ देखि ३ वटा सम्म पत्ती फेर्नु परेको उनको भनाइ छ । उनले भने, एउटा पत्ती फेर्न कम्तिमा ६ हजार देखि ८ हजार सम्म खर्च हुने गरेको छ, सडकमा अवस्था कै कारण समस्या आउने गरेको छ ।

त्यसै गरी अर्का चालक सरबन चौधरीले सडकमा खाल्डाखुल्डी बढि भएकाले गाडिका अधिकास पार्टहरु फुट्ने गाडिका नटबलहरु झर्ने ढुङ्गा उफ्रिएर सिसाहरु फुट्ने समस्या हुने गरेको बताए । महिनामा २,३ पल्ट सम्म गाडिका नट्वल्ट र सिसा फेर्नु परेको उनको भनाइ छ

अर्का चालक राजन खड्का भन्छन, बाटो समयमा बन्न नसक्दा गाडि धेरै नै बिग्रिने, एक हप्ता सडकमा गाडि कुदाउदा २ दिन गाडि ग्यारेजमा राख्नु पर्ने समस्या भोगिरहेको उनी बताउँछन् । सवारी चलाउदा आम्दानी भन्दा पनि बढि खर्च बेहोर्नु परेको उनी बताउछन ।

उनि भन्छन्, वाध्यता भएर मात्रै गाडि कुदाउनु परेको हो, समयमा सडक निर्माण कार्य नहुदा सवारी चालक र गाडि साहुहरुले य‍ो अबधि भरीमा सवारी चलाएर दोब्बर घाटा वेहोर्नु परेको छ ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved