अहिलेसम्मकै उच्च मूल्यमा अदुवाको कारोबार

  • असार ३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / अदुवाले यस बर्ष उच्च मूल्य पाएको छ । भारतमा अत्याधिक अदुवाको माग बढेसँगै विगतका बर्षहरुको तुलनामा मूल्य अत्याधिक बृद्धि भएको कृषि उपज बजारले जनाएको छ ।

उच्चतम् मूल्य बृद्धिको सूचिमा यो बर्ष अदुवाले रेकर्ड नै राखेको कृषि उपज बजारले जनाएको छ । मूल्य बढेपछि कृषक र व्यापारी उत्साहित देखिएका छन् ।

धनकुटाको सागुरीगढी ७ का कृषक पूर्णबहादुर राई अदुवाले यस बर्ष उच्चतम मूल्य पाएकोमा दंग देखिन्थे ।

उनले आफूले अदुवाको खेति गरेदेखिको अहिलेसम्म यतिको मूल्य कहिल्यै नपाएको बताए ।

कुनै बेला अदुवाको भाउ नभएर बारीमै कुहाएर राख्नुपर्ने अवस्थासम्म रहेको स्मरण गर्दै उनले विगतमा प्रतिकेजी १५ रुपैयासम्म विक्री गरेको अदुवा अहिले २ सय ५० देखि ३ सय रुपैयासम्म विक्री गर्न पाउँदा अत्यन्तै उत्साहित भएको बताए ।

उनले यस बर्ष १० क्विन्टल अदुवा उत्पादन गरेको सुनाउँदै अदुवाबाट मात्र अढाइदेखि ३ लाख रुपैया आम्दानी गरेको सुनाए । भाउ जति राम्रो हुन्छ कृषक र व्यापारी दुवैलाई फाइदा पुग्ने उनको भनाई थियो ।

व्यापारी विनोद कुलुङ राईले अदुवाको मूल्य बढ्दा कृषक र व्यापारी दुवैलाई फाइदा पुग्ने बताए ।

अदुवाको मूल्य बढ्ने र घट्ने भारतीय बजारमा भर पर्ने बताउदै मूल्य नहुदा तीन चार बर्ष अदुवाको कारोबार नहुदा कृषकहरुले बारीमै अदुवा कुहाएर फाल्नुपर्ने अवस्था आएको बताए ।

उनले भारतले अदुवाका माग गरेको खण्डमा नेपालमा उत्पादन भएको अदुवाको भाउ उच्च हुने बताउदै यस बर्ष इतिहासमै पहिलो पटक अदुवाको मूल्यले रेकर्ड तोडेको बताए । यस बर्ष भारतले नेपालको अदुवा अत्याधिक माग गरेको तर कृषकहरुले उत्पादन कम गरेका कारण मूल्य अत्याधिक बढेको उनको भनाई छ ।

कृषि उपज बजारका अनुसार आव ०७९ लाई हेर्ने हो भने अदुवाको मूल्य प्रति केजी थियो ।

त्यसबेला कारोबार बढेको भएपनि मूल्य भने कम थियो । कृषि उपज बजारका सञ्चालक लक्ष्मण भट्टराईले त्यसबेला भारतमा माग कम भएका कारण मूल्य कम भएको बताए ।

आव ०६९÷७० अर्थात दर्श बर्ष अगाडिको मूल्यलाई हेर्ने हो भने पनि त्यसबेला प्रति केजी १ सय ७० रुपैयाभन्दा बढी जान सकेन । त्यसबेला कृषि बजारले ५ हजर ६ सय मेट्रिक टनको कारोबार गर्दा १ लाख ५० हजार मूल्य बराबरको कारोबार भएको थियो ।

यस्तै ०७०/०७१ मा प्रतिकेजी १५०, ०७१/०७२ मा १२० मूल्य भएका अदुवाको भाउ आर्थिक बर्ष ०७२/ ०७३मा ह्वात्तै ६० रुपैयामा कारोबार भएको थियो ।

त्यसपछिका बर्षहरुमा अदुवाको मूल्य आरालो लागेको कृषि बजार उपजले जनाएको छ । बजारका व्यवस्थापक भट्टराईका अनुसार आर्थिक बर्ष ०७३/०७४ मा ३० रुपैयामा कारोबार भएको अदुवा ०७४/०७५ मा भने मूल्य बढेर प्रति केजी १ सय रुपैया पुग्दा कृषकहरुलाई ठूलो राहत मिलेको थियो ।

तर यो बर्ष इतिकासकै उच्च मूल्य कायम हुदा कृषक तथा व्यापारीहरु लाभान्वित भएको व्यवस्थापक भट्टराई बताउँछन् ।

कृषकहरुले उत्पादन गरेको कृषि सामाग्री त्यसमा पनि अदुवाको मूल्य सन्तुलित नहुनुमा अदुवाको बजार नेपालमा नभई भारतीय बजार भएकोले व्यवस्थापक भट्टराई बताउछन् ।

भारतले नेपालबाट अदुवा निर्यात गर्ने गरेको र भारतले तोकेको मूल्यमा कृषक तथा व्यापारीले खरिद विक्री गर्नुपर्ने अवस्था रहेकोले पनि अदुवाको मूल्य स्थिर हुन नसकेको उनको भनार्य छ ।

नेपाली कृषकले उत्पादन गरेको अदुवाको बजार नेपालभित्रै गरिदिने हो भने पनि कृषकहरुले ठूलो राहत पाउने व्यवस्थापक भट्टराइको भनाई छ ।

यो पनि

आफुले पाएको मत पहिचा ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा पराजित पहिचान प ...

नेपालको राष्ट्रिय चर ...

काठमाडौँ/ काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरी ...

धरानमा दिप प्रज्वलन, ...

धरान/ मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान ...

पशुपतिको विद्युत शवद ...

काठमाडौं/ पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved