कृषि बजारमा खसी बोकाको कारोबार सदावहार

  • असार ४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १३ मा रहेको कृषि उपज बजार काेशी प्रदेश कै कृषक तथा व्यापारीहरुका लागि कारोबार गर्ने केन्द्रको रुपमा विकास भएको छ ।

यहाँ पूर्वी पहाडी जिल्लादेखि तराईका विभिन्न जिल्लाबाट कृषि सामाग्री ल्याएर किनबेच गर्ने थलोको रुपमा यसको परिचित बन्दै गएको हो ।

यहाँ सिजन अनुसारको कृषि सामाग्रीको कारोबार भए पनि खसी बोकाको भने १२ महिना कारोबार हुने कृषि उपज बजारले जनाएको छ ।

प्रत्येक शुक्रबार यो बजारमा अन्य कृषि सामाग्रीको तुलनामा खसीबोकाको बजारमा अन्यन्तै चहलपहल देखिन्छ । यहाँ खरिद गर्ने र विक्री गर्नेबीच मोलमलाई चलिरहेको हुन्छ ।

कृषकले बढी भन्दा बढी मूल्य लिएर आफूले पालेका खसीबोका विक्री गर्ने उद्देश्य बोकेर आएका हुन्छन् भने व्यापारीहरुले भने कृषकबाट कम मूल्यमा खरिद गरेर बढी मूल्यमा विक्री गरेर मुनाफा लिने दाउमा रहेका हुन्छन् ।

कृषकहरुले विचौलियाका कारण आफूले मेहनत गरेर पालेको खसीबोकाको मूल्य नपाउने गरेको गुनासो पोखिरहेका हुन्छन् भने व्यापारीहरु भने महंगोमा खरिद गरेर उपभोक्तालाई विक्री गर्दा खासै फाइदा नहुने बताउने गरेका छन् ।

कृषक निरबहादुर कार्कीले विचौलिया र आर्थिक मन्दीका कारण कृषकहरुले पालेका खसी बोकाले सोचेजस्तो मूल्य नपाउने गरेको गुनासो पोखे ।

उनले आफूले पालेको खसीबोकोको परिश्रम गरे अनुसारको मूल्य पनि नउठ्ने हुदा धेरै समस्या भएको बताए ।

व्यापारीहरुले भने आर्थिक मन्दीसँगै खसीबोका पालक कृषक बढेकाले बजारमा मन्दी आएको बताउने गरेका छन् । व्यापारी प्रेमबहादुर कटुवालले आर्थिक मन्दी र अत्याधिक खसीबोका कृषि बजारमा भित्रिएकै कारण खरिद गरेका खसीबोकाबाट फाइदा लिन नसकेको बताउछन् ।

यता कृषि बजारले भने खसी बोकाको कारोबार तुलनात्मक अरुमा अन्य कृषि सामाग्रीको तुलनामा बढी भएको जनाएको छ ।

बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले १०–१५ बर्ष अगाडिको ट्रेनलाई हेर्दा पनि खसीबोकाको कारोबार बढेको देखिएको बताए ।

उनले दशै तिहार चाडपर्वमा खसीबोकाको कारोबार धेरै भएपनि अन्य दिनमा समेत कारोबारमा खासै कमी नआउने गरेको बताए ।

उनले दिनप्रतिदिन खसी बोकाको फर्म बढ्दै गएकोले पूर्वी पहाडी जिल्लाका कृषकका लागि खसीबोका आर्थिक आम्दानीको राम्रो सम्भावना बोकेको स्रोतको रुपमा लिन सकिने बताए ।

उनले अन्य पालिकाको तुलनामा धरानमा कर कम लाग्ने भएपछि यहाँ खसी बोकाको कारोबारमा बृद्धि भएको बताए ।

बजारले प्रत्येक आर्थिकम बर्षमा सरदर १ हजार ३ सय वटा खसीबोकाको कारोबार गर्ने गरेको छ । यो बजारमा पूर्वी पहाडी जिल्ला तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर र तराईका विभिन्न जिल्लाबाट खसी बोका भित्रिने गरेको छ भने यहाँको खसीबोका नेपाल लगायत भारतसम्म निर्यात हुने गरेको छ । यो बजारमा कृषककालागि खसीबोका राख्ने ठाउँ, कृषकलाई सस्तो र सुलभ ढंगबाट बस्ने र खाने सुविधा भएकै कारण विक्रीका लागि ल्याइएका खसी बोका तीन चार दिन बसेर विक्री गरेरैमात्र फर्किने गरेको पाइएको छ ।

यो पनि

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved