एनसिसी तालिममा धरानको आइडियल स्कुल छनौट

  • असार ४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ विद्यालय स्तरका युवा युवतीहरुलाई अनुशासनको जगमा कर्मशील, मर्यादित, मुलुकप्रति समर्पित र ऊर्जाशील युवा तयार गर्न राष्ट्रिय सेवा दलले आयोजना गरेको तालिममा धरानको आइडियल बोर्डिङ स्कुल छनौटमा परेको छ ।

नेपाली सेनाद्वारा संचालित राष्ट्रिय सेवा दलमार्फत युवामा राष्ट्रिय दायित्वबोधको संस्कार विकास गराउन एक सय दिनको तालिमको आयोजना अन्तर्गत गत बर्षको ४८ औं जुनियर डिभिजनमा आइडियल स्कुलका विद्यार्थीहरु उत्कृष्ट भए पछि केन्द्रबाट यस पटक पनि छनौटमा परेको हो ।

गत शुक्रबार आइडियल स्कुुलमा एनसीसी तालिमका विषयमा नेपाली सेनाले अभिमुुखिकरण कार्यक्रमको आयोजना गरेको थियो ।

विद्यालयका निर्देशक सागर खड्काको अध्यक्षता तथा प्रमुख सेनानी कर्नेल गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तालिमबारे अभिभावक विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।

कृष्ण दल गणका गणपति प्रमुुख सेनानी कर्नेल अमित लामाले एनसीसी तालिमबारे प्रस्तुतीकरण दिनु भएको थियो ।

कक्षा ८देखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई राष्ट्रिय दायित्वबोधको संस्कार विकास गराउन एक सय दिनको तालिमको आयोजना गदैं आएको राष्ट्रिय सेवा दल शिक्षालयका प्रमुख कर्णेल दिपक गुरुङ्ले बताए ।

उनका अनुसार पुर्वका १६ विद्यालय छनौटमा परेका छन् ।

यो पनि

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved