धरान/ विद्यालय स्तरका युवा युवतीहरुलाई अनुशासनको जगमा कर्मशील, मर्यादित, मुलुकप्रति समर्पित र ऊर्जाशील युवा तयार गर्न राष्ट्रिय सेवा दलले आयोजना गरेको तालिममा धरानको आइडियल बोर्डिङ स्कुल छनौटमा परेको छ ।
नेपाली सेनाद्वारा संचालित राष्ट्रिय सेवा दलमार्फत युवामा राष्ट्रिय दायित्वबोधको संस्कार विकास गराउन एक सय दिनको तालिमको आयोजना अन्तर्गत गत बर्षको ४८ औं जुनियर डिभिजनमा आइडियल स्कुलका विद्यार्थीहरु उत्कृष्ट भए पछि केन्द्रबाट यस पटक पनि छनौटमा परेको हो ।
गत शुक्रबार आइडियल स्कुुलमा एनसीसी तालिमका विषयमा नेपाली सेनाले अभिमुुखिकरण कार्यक्रमको आयोजना गरेको थियो ।
विद्यालयका निर्देशक सागर खड्काको अध्यक्षता तथा प्रमुख सेनानी कर्नेल गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तालिमबारे अभिभावक विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।
कृष्ण दल गणका गणपति प्रमुुख सेनानी कर्नेल अमित लामाले एनसीसी तालिमबारे प्रस्तुतीकरण दिनु भएको थियो ।
कक्षा ८देखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई राष्ट्रिय दायित्वबोधको संस्कार विकास गराउन एक सय दिनको तालिमको आयोजना गदैं आएको राष्ट्रिय सेवा दल शिक्षालयका प्रमुख कर्णेल दिपक गुरुङ्ले बताए ।
उनका अनुसार पुर्वका १६ विद्यालय छनौटमा परेका छन् ।