बाढी पहिरोबाट सचेत हुन धनकुटाको महालक्ष्मी नगरपालिकाको सर्वसाधारणलाई आग्रह

  • असार ४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / लगातारको बर्षाद्का कारण पूर्वी पहाडी जिल्लाका विभिन्न भागमा क्षतिसँगै मानवीय क्षति पुर्‍याएको भन्दै धनकुटा नगरपालिकाले नदी किनारामा बस्ने सर्वसाधारणलाई शतर्क रहन आग्रह गरेको छ ।

बाढी र पहिरोबाट सचेत रहन नगरपालिकाले सूचना प्रकाशित गर्दै आग्रह गरेको हो ।

नगरपालिकाले विशेष गरी अरुण नदी तथा आसपासका खोलामा लगातारको बर्षाले जोखिम बढ्दै गएकोले यस्ता स्थानमा बस्ने सर्वसाधारणलाई सचेत हुन आग्रह गरेको छ ।

महालक्ष्मी नगरपालिकका प्रमुख धुव्रराज रायले महालक्ष्मी नगरपालिकाको तल्लो भागमा बस्ने सर्वसाधारणलाई अरुण नदीले क्षति पुर्‍याउने सम्भवना भएकोले यस्तो आग्रह गरेको बताए ।

उनले भने–‘नदीमा आएको बाढीले जुनसुकै बेला पनि क्षति पुर्‍याउन सक्छ, अहिले नै सचेत हुन सके ठूलो धनजनको क्षति हुन पाउदैन ।’

यसैगरी साँगुरीगढी गाउँपालिकाले पनि नदी किनारमा बस्ने सर्वसाधारणलाई सचेत गराएको छ । नदीमा जतिबेला पनि पानीको सतह बढेर क्षति पुर्‍याउने भएकोले गाउँपालिकाले यस्तो आग्रह गरेको हो ।

गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले भने–‘बर्षादको समयमा बाढी र पहिरोको जोखिम धेरै हुन्छ, पछिल्लो समय पूर्वी पहाडी क्षेत्रको केही जिल्लामा धनजनको क्षति पुगेको छ, धनकुटामा पनि यस्तो सम्भावना बढी देखिन्छ, अहिले नै सचेत हुन हामीले सर्वसाधारणलाई आग्रह गरेका हौं ।’

त्यस्तै धनकुटा नगरपालिका र सहिदभुमी गाँउपालिकाले पनि आफ्ना नदी किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह गरेको छ । धनकुटाका चार पालिका हुदै अरुण र तमोर नदी बग्ने गरेका छन् ।

उच्च क्षेत्रमा आएको निरन्तर परिरहेको बर्षाका कारण ठूलो धनजनको क्षति नपुगोस् भन्ने अभिप्रायले धनकुटाका यी स्थानीइ तहले आफ्ना नागरिकलाई सचेत गराएको हो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved