रैथाने बालीको प्रवद्र्धनका लागि तालिम

  • असार ४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा । धनकुटामै उत्पादन भएको रैथाने बालीको सदुपयोग नभएको महसुस गरी धनकुटा नगरपालिका कृषि विकास शाखाले त्यहाँका सर्वसाधारणलाई रैथाने बालीको प्रवद्र्धनका लागि तालिम दिएको छ ।

धनकुटामा लगाउदै आएका रैथाने बालीहरुको सही सदुपयोग नभएको र आर्थिकोपार्जनमा ध्यान नगएको भन्दै असार २ र ३ गते दुई दिन तालिम दिएको थियो ।

सो अवसरमा यहाँ उत्पादन भएका रैथाने बालीको प्रवर्छन गर्दै होटल सञ्चालक र होम स्टे सञ्चालकहरुले भरपुर फाइदा लिन सक्ने भएकोले तालिमको आयोजना गरिएको धनकुटा नगरपालिकाकी उपप्रमुख भीमादेवी खनालले बताइन् ।

उनले भनिन्–‘ रैथाने बालीको प्रबर्धनको कार्यक्रम धनकुटा नगरमा सञ्ंचालन गर्न अत्यन्तै जरुरी भएकोले यो तालिम प्रभावकारी हुन्छ ।’

उनले रैथाने बालीको परिकारको खाजा वा खानाहरु खाने परम्पराको बिकास गर्न सकिएको खण्डमा त्यसबाट रैथाने बाली उत्पादन गर्ने कृषकहरु, यसको परिकार बनाएर बेच्ने होटल संचालकहरु, होमस्टे संचालकहरु, क्यान्टिन संचालकहरु तथा खाजाघरहरुले प्रसस्त्रै मात्रामा फाईदा लिन सक्ने बताइन् ।

प्रमुख प्रशिक्षक रमेश भण्डारीले नेपाल सरकारले पछिल्लो समयमा रैथाने बालीको प्रवद्र्धनका लागि धेरै कार्यक्रम अगाडि बढाएको जानकारी दिए ।

उनले भने–‘ यसबाट उत्पादक, उपभोक्ता, ब्यापारीलाई फाईदा पुग्छ, दुईदिने तालिम पर्याप्त नभए पनि समय समयमा हुनुपर्छ ।’

तालिममा सहभागी एवम् होमस्टे संचालक प्रभा पौडेल भट्टराईले रैथा कृषि सामाग्रीबाट पनि धेरै प्रकारका परिकार बनाउन सकिने रहेछ भन्ने कुरा यो तालिमबाट सिकेको बताइन् ।   उनले भनिन्–‘तालिमबाट आफुले धेरैवटा रैथाने परिकार बनाउन सिके अब यसलाई व्यवहारमा उतार्ने कोसिस गर्छु ।’

तालिममा ३ जना पुरुष र १६ जना महिला गरि कुल १९ जनाको सहभागिता रहेको थियो । तालिममा बिभिन्न रैथाने परिकार बनाउने    क्रममा जम्मा २१ वटा परिकारहरु बारे सिकाइएको थियो ।

यो पनि

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved