अपांगलाई सहयोग

  • असार ६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान /  पुख्यौली घर भोजपुर भएका हाल उदयपुरको बेलका नगरपालिका रामपुरमा बस्दै आउनु भएका तीर्थ बहादुर विक सानै उमेरदेखि पोलियो रोगबाट ग्रस्त छन् ।

रामपुरमा सानो मोवाइल पसल चलाएर आफ्ना सन्तानलाई बोर्डिङ स्कुल नै पठाउँदै आएका उनलाई जति जति रोगले ग्रस्त बनाउँदै गयो, त्यति त्यति आर्थिक अवस्था कमजोर हुदै गएको छ ।

आर्थिक अवस्था कमजोर भएकै कारण धरान १९ मा रहेको अपांग तथा सहाय केन्द्रले उहाँलाई सहयोग गरेको छ ।

सानौ उमेरमा पोलियो भएपछि समस्या भोग्दै आएका विश्वकर्मा अपांग तथा असहाय पुनस्र्थापना केन्द्रले दिएको सहयोग लिन कार्यालयमै आएका थिए ।

मोवाइल पसलबाट राम्रो फाइदा लिन नसकेपछि सडक सडकमा गीत गाएर रकम सहयोग माग्दै आएका उनलाई केही सहयोग पुगोस् भन्ने उद्देश्यले केन्द्रले १ थान ट्राइसाइकल, एक महिना पुग्ने खाद्यान्न सामाग्री र सन्तानका लागि शैक्षिक सामाग्री वितरण गरेको छ ।

आफ्ना नानीहरुलाई बोर्डिङ स्कूलमा पठाउदै गरेका उनले आर्थिक अभावकै कारण सामुदायिक विद्यालयमा भर्ना गरेको दुःखेसो पोखे ।

केन्द्रले प्रत्येक महिनाको दुईपटक यस्ता व्यक्तिको पहिचान गरेर कार्यालयमै बोलाएर सहयोग गर्ने गरेको छ ।

निस्वार्थभावनाले सहयोग गर्दै गर्दै आएको यो संस्थाको कामलाई धरानका समाजसेवीहरुले समेत प्रशंसा गरेका छन् ।

धरान १ निवासी एवम् राष्ट्रिय वाणिज्य बैंकका पूर्व प्रबन्धक वीरेन्द्र थापाले केन्द्रले पुर्‍याएको सहयोगको प्रशंसा गर्दै केन्द्रको कामलाई सबैले साथ दिएर अगाडि बढ्नु पर्नेमा जोड दिए ।

केन्द्रका निर्देशक सुनिल खड्काले उहाँमात्र हैन यस्ता समस्यामा भएका धेरैलाई सहयोग पु¥याएको बताए । संस्थाले उनीजस्ता धेरैलाई सहयोग पु¥याएको बताउँदै केन्द्रले क्षमता अनुसार सहयोग गर्दै जाने बताए ।

केन्द्रले अपागता भएकाको स्वाथ्य सेवा, आर्थिक अभाव भएकाहरुलाई खाद्यान्न सामाग्री, शिक्षाबाट बञ्चित भएकाहरुलाई निःशुल्क पठाइदिने व्यवस्थासँगै शैक्षिक सामाग्री वितरण लगायतका धेरै काम गरिसकेको छ ।

नेकपा एमाले सुनसरीका ...

सुनसरी/ नेकपा एमाले सुनसरी जिल्लाकाे आठाैं अधिवेशनको अव ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

आधारभूत पत्रकारिता क ...

धरान/ यहाँस्थित सैनिक आवासीय महाविद्यालयमा बुधबार एकदिन ...

पत्रकारको हितमा १ कर ...

विराटनगर/  नेपाल प्रेस युनियन कोशी प्रदेश समि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved