सांसद शर्मा ओशो सन्यासीमा प्रवेश

  • असार ५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं / प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा ओशो सन्यासी बनेका छन् । काठमाडौं रानीबारी रहेको ओशो तपोवनमा नौ दिन सम्मको ध्यानपछि सांसद शर्मा ओशो सन्यासी बनेका हुन् ।

उनले बोधिसत्व स्वामी आनन्द अरुणबाट सांसद शर्माले दीक्षा लिएका हुन । ओशो परिवार संग जोडिएर सन्यासी बनि माला ग्रहण गरि सकेपछि नयाँ नाम दिने गरिएको हुदा । सांसद शर्मालाई स्वामी आनन्द अरुणले ‘स्वामी विवेकानन्द’ नाम दिएका छन् । सन्यासका क्रमा राखिएको नामबाटै सन्यासीलाई बोलाउने गरिन्छ ।

सन्यासी बनेका पुरुषको नाम अगाडि ‘स्वामी’ र महिलाको नाम अगाडि ‘मा’ लेख्ने गरिन्छ । सन्यासी हुने क्रमा ‘इगो डाउन’ कार्यक्रम अन्तर्गत सांसद शर्माले आश्रमको सरसफाइ सहित आश्रमको शौचालय पनि सफाइ गरेका छन् । सन्यासी हुने समयमा मोबाइल समेत बन्द गरी बाहिरी संन्सार भुलेर नौ दिन सम्म ध्यान शिविरमा बसेको अनुभव सांसद शर्मा बताए ।

अब, चित्त शुद्ध बनाएर ध्यानको माध्यम हुँदै आध्यात्मिक बाटोमा हिँड्ने सांसद शर्माको भनाई छ । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक समेत रहेका कांग्रेस नेता शर्मा मोरङको क्षेत्र नं.३ बाट अत्यादिक मत प्राप्त गरि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

सामाजिक सेवाका क्षेत्रमा सक्रिय शर्मा तलब भत्ता नलिने देशभरी मध्येका एकमात्र सांसद हुन् । उनले गरिब, विपन्न तथा असहाय साथै हजारौं बिरामीलाई उद्धार गरेर निःशुल्क उपचार गराई ज्यान बचाएका छन् । सामाजिक सेवा र व्यवसाय सँगै राजनीतिमा पनि सक्रिय सांसद शर्माले अब सन्यासी जीवन विताउँन लागेका हुन् ।

ओशो सन्यासीहरूले आफ्नो घर वा व्यवसाय त्याग्नु नपर्ने भएपनि दैनिक ध्यान गर्नुपर्ने नियम रहेको छ । उनले काठमाडौंको रानीबारी स्थित रहेको ओशो आश्रमलाई ५० लाख आर्थिक सहयोग गरेका छन् । आश्रममा ध्यान गर्ने हल निर्माणका लागि सांसद शर्माले व्यक्तिगत रुपमा ठूलो धनराशी सहयोग गरेका छन ।

 

 

 

 

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

नेकपा एमाले सुनसरीका ...

सुनसरी/ नेकपा एमाले सुनसरी जिल्लाकाे आठाैं अधिवेशनको अव ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

आधारभूत पत्रकारिता क ...

धरान/ यहाँस्थित सैनिक आवासीय महाविद्यालयमा बुधबार एकदिन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved