बन्दाकोपीको मूल्य घट्यो, कृषक मारमा

  • असार ७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान /  यस बर्ष बन्दाकोबीको समेत न्यून कारोबार भएको कृषि उपज बजारले जनाएको छ ।

बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार पहाडी क्षेत्रबाट बन्दा आउने पिक समय भएपनि बन्दाले सोचेजस्तो मूल्य लिन नपाएको बताए ।

उनले भने–‘बन्दाको अहिले पिक समय हो, बन्दा भारत निर्यात हुने समय हो, अहिले भारतमा पनि बन्दाकोवीको मूल्य अत्यन्तै न्यून छ, यो भेल झरि नरोकिएसम्म अब भारतमा पनि खासै माग हुदैन ।’

बन्दाकोबीको मुख्य उत्पादन धनकुटा र तेह्रथुम हो । यो बजारबाट अधिकांश बन्दाकोबी भारतसम्म निर्यात हुन्छ ।

बारीमै व्यापारीहरुले ३ रुपैयामा उठाउने र व्यापारीहरुले यहाँ ल्याएर ७ रुपैयासम्म विक्री गर्ने गरेको व्यवस्थापक लक्ष्मण भट्टराई बताउँछन् ।

व्यवस्थापक भट्टराईका अनुसार यो बजारबाट औसत बर्षिक ९ देखि १० हजार टनको कारोबार हुने गरेको छ ।

असारदेखि कार्तिकसम्म यसको कारोबार हुने भट्टराईले बताउनुभयो ।

विगतमा बन्दाकोबी होलसेलमैै ५० रुपैयासम्म कारोबार हुने गरे पनि यस बर्ष भने मूल्य ह्वात्तै घट्दा कृषकहरु मारमा परेको भट्टराईको भनाई छ ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved