धरानमा बजेट सिमा बिबादित, वडा र बिषयगत सिमा तोकिएन, बैठक स्थगित

  • असार ८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / आर्थिक वर्ष २०८०/८१ लागि धरान उपमहानगरपालिकाले वडागत तथा बिषयगत समितिलाइ बिनियोजन गरेको बजेट सिमा बिबादित बनेको छ ।

 धरान उपमहानगरपालिका कार्यपालिकाको बैठकमा श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिले पेश गरेको वडागत तथा क्षेत्रगत बजेट सिमाको बिषयमा प्रस्ताब पेश गरे पछि वडाध्यक्ष तथा कार्यपालिका सदस्य र बिषयगत समितिका संयोजकहरुले पर्याप्त छलफल नगरी सिमा निर्धारण गरिएको भन्दै बिबादित बनेको हो ।

बिबाद समाधान नभएपछी कार्यपालिका बैठक स्थगित भएको छ । बिषयगत समितिले सदस्यहरु सङ छलफल नगरी श्रोत बाडफाड समितिले कार्यक्रम पनि ल्याए पछि बिबाद बढेको हो ।

४ घण्टा लामो छलफलमा मेयर हर्कराज राइले आफ्नो अडान नछाडे पछि बिबाद समाधान भएन ।

मेयर राइले बिषयगत समितिका संयोजकहरुलाइ मात्रै बोलाएर कार्यक्रम माथी छलफल गरेका थिए । संयोजकहरुले सिलिङ्को बिषयमा मात्रै हस्ताक्षर गरेको दाबी गर्दै कार्यक्रम तय नगरिएको बताएका छन् ।

श्रोत निर्धारण समितिले ५ वटा बिषयगत समितिलाइ सिमा निर्धारण सङ्गै बजेट बिनियोजनको कार्यक्रम सहितको शुचि पेश गरे पछि बिषयगत समितिका सदस्यहरु सङ्ग छलफल नगरी बजेट बिनियोजन गरिएको प्रती आपत्ती जनाएका छन् ।

श्रोत बाडफाड समितिले प्रक्षेपण गरेको १ अरब ७१ करोडमा वन तथा वातावरण तथा बिपद ब्यवस्थापनमा १ करोड ५० लाख, आर्थिक बिकाश तर्फ ६९ लाख ५० हजार, सामाजिक बिकाश तर्फ ४ करोड ४१ लाख, सुशासन तथा संस्थागत बिकाशमा १ करोड २० लाख ५० हजार र पुर्वाधार बिकाशमा ३६ करोड ४७ लाख ५० हजार बिनियोजन गरेको छ ।

त्यसै गरि अन्य शीर्षकमा ६७ करोड ६६ लाख ५० हजार, वडागत बजेट २१ करोड गरि जम्मा क्षेत्रगत बिनियोजन आन्तरिक तर्फ १ अरब ११ करोड ५० लाख रहेको छ भने सशर्त अनुदान तर्फको बिनियोजन ५९ करोड ५० लाख रहेको छ ।

श्रोत निर्धारण समितिका सदस्यहरुले बैठकमा १ अरब ७० करोड रुपैया मात्रै प्रक्षेपण गरिएकोमा आजको बैठकमा एकै चोटि १ अरब ७१ करोडको बजेट आएको प्रती आपत्ति जनाए । कसरी १ करोड बजेट बढेर आयो, कुन श्रोतबाट ल्याएको कुनै जानकारी नभएको बताए ।

श्रोत निर्धारण समितिले बिनियोजन गरेको क्षेत्रगत बजेट बिनियोजन तथा प्रक्षेपण गर्दा बिषयगत समितिलाइ गुमराहमा राखेको आरोप लगाए । एक समितिका संयोजकले भनिन्, ञ कसैको स्वार्थमा बनाइएको बजेटले जनतालाइ गुमराहमा राखेको छ, गुमराहमा राखेर बजेट ल्याइएको छ ।

धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ का लागि आय तर्फ आन्तरीक श्रोत ३७ करोड ६२ लाख ६ हजार प्रक्षेपण गरेको छ ।

त्यसै गरि संघिय सरकारबाट समानिकरण, शसर्त, विशेष अनुदान र समपुरक अनुदान ९० करोड २ लाख, प्रदेश सरकारबाट समानिकरण, शसर्त र समपुरक अनुदानबाट ४ करोड १९ लाख २ हजार र राजस्व बाडफाडबाट ३४ करोड २४ लाख २ हजार गरि कुल १ अरब ७१ करोड रुपैया प्रक्षेपण गरिएको छ ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved