हरिनगरका पत्रकारका लागि क्षमता विकास तालिम

  • असार ८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर /  नेपाल प्रेस युनियन सुनसरीले पत्रकारको क्षमता विकासका लागि एकदिने प्रशिक्षण सञ्चालन गरेको छ ।

प्रशिक्षणको सुनसरीको हरिनगरा गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले उद्घाटन गर्नु भयो ।

हरिनगरा गाउँपालिकाको सभाहलमा आयोजित तालिममा पत्रकारिताका आचारसंहिता, पत्रकारितामा प्रविधिको प्रयोगलगायतका विषयमा जानकारी दिइएको थियो ।

पत्रकार कृष्ण अधिकारी, अमर खड्का, चेतन धमलालगायतले तालिममा सहजीकरण गर्नु भएको थियो ।

प्रेस युनियन सुनसरीका अध्यक्ष धु्रव ढकालको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अन्सारीले सुनसरीको दक्षिण क्षेत्र विकासमा पछाडि परेको गुनासो गर्नुभयो ।

उहाँले आफूले धेरै विकास गरे पनि सञ्चार माध्यममा नआएको गुनासो पोख्नुभयो । कार्यक्रममा नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदितले विकास र ग्रामीण पत्रकारितालाई जोड दिनु आवश्यक रहेको बताउनुभयो ।

उहाँले राजनैतिक विषयभन्दा आर्थिक र सामाजिक मुद्दालाई पत्रकारले लेखनको विषय बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा युनियनकी केन्द्रीय सचिव रेजिना गौतमले प्रशिक्षण वर्षका लागि पाठ्यक्रम तयार भइरहेको जानकारी दिनुभयो । उहाँले पत्रकारको क्षमता विकासका लागि युनियनले देशभर प्रशिक्षण अभियान सञ्चालन गर्ने बताउनुभयो ।

सो अवसरमा सुनसरीका पूर्वअध्यक्ष गणेश निरौला, धनबहादुर पुरीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

युनियनले २०८० लाई प्रशिक्षणको वर्ष घोषणा गरेको छ । केन्द्रीय समितिले घोषणा गरेको अभियानलाई सुनसरीको ग्रामीण क्षेत्रबाट सुरु गरिएको अध्यक्ष धु्रव ढकालले जानकारी दिनुभयो ।

तालिममा सुनसरीका ४० जनाभन्दा बढी सक्रिय पत्रकारको सहभागिता रहेको थियो ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved