वीपी प्रतिष्ठानलाई छाता ऐनमा लान नदिने मन्त्रि द्वयको प्रतिबद्धता

  • असार ९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौ /  नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रि र शिक्षा प्रविधि तथा विज्ञान मन्त्रिले धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐन नखारी छुट्टै विश्वविद्यालय बनाउनु पर्नेमा जोड दिएका छन् ।

वीपी प्रतिष्ठान बचाउ संघर्ष समितिको ज्ञापन पत्र बुझ्दै मन्त्रिद्वयले प्रतिष्ठानको गरिमालाई उच्च राख्दै पुर्ण विश्व विद्यँलय बनाउन आफुहरु लागि गर्ने आश्वसन समेत दिए ।

मोहन वहादुर वस्नेतले स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई छाता ऐन भित्र राख्न नहुने वताए । मन्त्रि वस्नेतले प्रतिष्ठानको स्वायत्तता खोस्ने र आंगिक मेडिकल कलेज बनाउन परिकल्पना गर्न नकिने वताए ।

‘तपाईहरुले उठाएको माग प्रति म सकारात्मक छु , प्रतिष्ठानको बारेमा म जानकार छु ’, संघर्ष समितिको ज्ञापन पत्र बुझ्दै मन्त्रि वस्नेतले भने –‘प्रतिष्ठानको समस्या छाता ऐन होइन , चिकित्सा शिक्षा आयोगको हो ।’

प्रतिष्ठानको समस्या छाता ऐन नभएको बताउदै उनले विभिन्न आयोगको नाममा बनेका विभिन्न नितिको कारण प्रतिष्ठान धारासायी बन्दै गएको वताए । विभिन्न समयमा व्यक्तिगत स्वार्थमा बनेका निति सगै प्रतिष्ठानको आन्तरिक कारणले प्रतिष्ठानको अवस्था नाजुक बन्दै गएको मन्त्रि वस्नेतको भनाई थियो ।

‘आयोगले विद्यार्थी संख्या घटाउनु हुदैन थियो, प्रोफेसर कम भए थप्न सकिन्थ्यो’ उनले भने – अनुसन्धान सगै अध्ययन अध्यापनमा समेत देशकै उत्कृष्ट संस्थामा विभिन्न वहानामा देखाएर विद्यार्थी संख्या घटाउनु गलत कार्यथियो ।’

उनले आफु मन्त्रि रहे सम्म प्रतिष्ठानको हित विपरित नितिगत या अन्य कुनै पनि कार्य हुन नदिने वताउदै धरानवासी समेत सचेत हुन आवश्यक रहेको वताए ।

धरानको मात्र नभई देशकै गहनाको रुपमा रहेको प्रतिष्ठानको गरिमा जोगाइराख्न आफु सदैव लागिरहने मन्त्री वस्नेतको भनाई थियो । उनले सेवा , अध्ययन अध्यापन र अनुसन्धानमा समेत देशमा अग्रणी संस्था लाई जोगाउनु सबै को कतव्र्य भएको वताए ।

यसै विच नेपाल सरकारका मूख्य सचिव बैकुण्ठ अर्यालले संघर्ष समितिले उठाएको माग प्रति आफु सकारात्मक रहेको वताए । संघर्ष समितिसगको भेटेमा नेपालका रहेका अन्य प्रतिष्ठान र वीपी प्रतिष्ठान फरक भएकोले सबैलाई एउटै वास्केटमा हाल्न नमिल्ने उनको तर्क थियो ।

शिक्षा प्रविधि तथा विज्ञान मन्त्रि अशोक कुमार राईले प्रतिष्ठानको छुट्ट्र पहिचान विशेषता रहेको ले यसलाई जोगाउन आफ्नो तर्फवाट लागि पर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने – प्रतिष्ठानलाई पुर्ण विश्वविद्यालय बनाउन म जस्तो सुकै पहल गर्न तयार रहेको छु ।’

राजनीतिक दल, नागरिक अगुवा, पुर्वजनप्रतिनिधिहरु रहेको संघर्ष समितिले शुक्रबार मन्त्रि वस्नेतलाई भेटेर ज्ञापन पत्र बुझाएको छ ।

विहिबार पुर्व पादाधिकारी हरु सगको भेट गरेको समितिले शनिबार माइतीघर मण्डलामा धर्ना सगै काठमाडौमा रहेका धराने तथा सरोकारवालहरुसग अन्तक्रिया कार्यक्रम समेत गर्ने समितिका सदस्य सचिव ताजुव लिम्बुले वताए ।

यो पनि

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved