बिहिबार स्थगित भएको धरान कार्यपालिका बैठक पुनः आज दुई बजे बस्दै

  • असार ८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  बजेट सिमा बिबादित बने पछि स्थगित भएको धरान उपमहानगरपालिकाको कार्यपालिकाको बैठक आज पुनः २ बजे बस्ने भएको छ ।

बिहिबार बिषयगत समितिका संयोजकहरुले पर्याप्त छलफल नगरी सिमा निर्धारण गरिएको भन्दै बिरोध गरे पछि कार्यपालिका बैठक स्थगित भएको थियो ।

आज २ बजे कार्यपालिका बैठकका लागि प्रमुख प्रशासकिय अधिकृत मातृका भट्टराईले सुचना जारी गरेका छन् । उनका अनुसार आजको बैठकले बिहिबार उठेका बिषयहरुलाइ समाधान गर्दै वडागत र बिषयगत सिमाहरु अनुमोदन गरेर सबै वडा र समितिमा सिलिङ पठाइने भएको छ ।

आजको बैठकमा नीति तथा कार्यक्रम, आर्थिक बिधेयक, बिनियोजन बिधेयक पनि पेश गरिने भएको छ ।

आर्थिक वर्ष २०८०/ ८१ लागि धरान उपमहानगरपालिकाले १ अरब ७१ करोडको बजेट प्रक्षेपण गरेको छ ।

श्रोत बाडफाड समितिले वन तथा वातावरण तथा बिपद ब्यवस्थापनमा १ करोड ५० लाख, आर्थिक बिकाश तर्फ ६९ लाख ५० हजार, सामाजिक बिकाश तर्फ ४ करोड ४१ लाख, सुशासन तथा संस्थागत बिकाशमा १ करोड २० लाख ५० हजार र पुर्वाधार बिकाशमा ३६ करोड ४७ लाख ५० हजार बिनियोजन गरेको छ ।

त्यसै गरि अन्य शीर्षकमा ६७ करोड ६६ लाख ५० हजार, वडागत बजेट २१ करोड गरि जम्मा क्षेत्रगत बिनियोजन आन्तरिक तर्फ १ अरब ११ करोड ५० लाख रहेको छ भने सशर्त अनुदान तर्फको बिनियोजन ५९ करोड ५० लाख रहेको छ ।

धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०/८१ का लागि आय तर्फ आन्तरीक श्रोत ३७ करोड ६२ लाख ६ हजार प्रक्षेपण गरेको छ ।

त्यसै गरि संघिय सरकारबाट समानिकरण, शसर्त, विशेष अनुदान र समपुरक अनुदान ९० करोड २ लाख, प्रदेश सरकारबाट समानिकरण, शसर्त र समपुरक अनुदानबाट ४ करोड १९ लाख २ हजार र राजस्व बाडफाडबाट ३४ करोड २४ लाख २ हजार गरि कुल १ अरब ७१ करोड रुपैया प्रक्षेपण गरिएको छ ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved