धरानको वडा र बिषयगत समितिको बजेट सिमा पारित, " नगरसभा असार १० गते हुने"

  • असार ९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / वडागत र बिषयगत क्षेत्रको बजेट सिमा पारित गर्दै धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ ।

श्रोत निर्धारण समितिले बिहिबार पेश गरेको बजेट सिमाको बिषय बिबादित बने पछि स्थगित भएको कार्यपालिकाको बैठक आज पुनः २ बजे देखि शुरु भएको थियो ।

बैठकले वडागत र बिषयगत क्षेत्रको सिमाको प्रस्ताब पारित गरेको छ । बैठकले निर्णय गरे अनुसारको बजेट सिमा आजै सबै वडाहरुमा पठाउने प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले बताए ।

वडागत तहमा बिनियोजन गरेको सिमा अनुसार वडा नम्बर १ मा ७७ लाख ३४ हजार ५ सय ६९, वडा नम्बर २ मा ६९ लाख १९ हजार २ सय ९३, वडा ३ मा ६८ लाख ७९ हजार १ सय ३, वडा ४ मा १ करोड ११ लाख ३ हजार ४ सय ८३,

वडा ५ मा १ करोड १६ लाख १२ हजार ५ सय ५२, वडा ६ मा १ करोड १० लाख ६७ हजार ७ सय ५९, वडा ७ मा ६६ लाख २१ हजार ३ सय ७९, वडा ८ मा १ करोड ३५ लाख ४० हजार ३ सय ७९,

वडा ९ मा ७४ लाख ३९ हजार ८ सय ४५, वडा १० मा ७९ लाख १९ हजार ५ सय ६९, वडा ११ मा १ करोड २६ लाख २४ हजार ९ सय ४८, वडा १२ मा ७६ लाख ६३ हजार १ सय २१, वडा १३ मा १ करोड ७ लाख ७६ हजार ८ सय ६२,

वडा १४ मा ८१ लाख ४६ हजार ३४, वडा १५ मा १ करोड ९० लाख ८७ हजार ८ सय २८, वडा १६ मा १ करोड १४ लाख २८ हजार ८ सय २८,

वडा १७ मा १ करोड ६२ लाख ९३ हजार ६ सय ९०, वडा १८ मा ८१ लाख ९७ हजार ६९, वडा १९ मा १ करोड ११ लाख १४ हजार ९ सय ६६ र वडा २० मा १ करोड ३८ लाख २८ हजार ७ सय २४ रहेको छ ।

त्यसै गरि आर्थिक वर्ष २०८०र८१ लागि धरान उपमहानगरपालिकाले १ अरब ७१ करोडको बजेट प्रक्षेपण गरेको छ ।

श्रोत बाडफाड समितिले वन तथा वातावरण तथा बिपद ब्यवस्थापनमा १ करोड ५० लाख, आर्थिक बिकाश तर्फ ६९ लाख ५० हजार, सामाजिक बिकाश तर्फ ४ करोड ४१ लाख, सुशासन तथा संस्थागत बिकाशमा १ करोड २० लाख ५० हजार र पुर्वाधार बिकाशमा ३६ करोड ४७ लाख ५० हजार बिनियोजन गरेको छ ।

त्यसै गरि अन्य शीर्षकमा ६७ करोड ६६ लाख ५० हजार, वडागत बजेट २१ करोड गरि जम्मा क्षेत्रगत बिनियोजन आन्तरिक तर्फ १ अरब ११ करोड ५० लाख रहेको छ

भने सशर्त अनुदान तर्फको बिनियोजन ५९ करोड ५० लाख रहेको छ । आर्थिक वर्ष २०८०र८१ को नगरसभा असार १० गते धरान १० स्थित सैनिक भवनको सभाहलमा दिनको १ बजे देखि हुने भएको छ ।

यो पनि

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

डेरामै चल्दै थियो नक ...

सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ ...

सुनसरीमा ‘नवरत्न बीट ...

सुनसरी/ भारतको प्रतिष्ठित पर्सनल केयर तथा आयुर्वेद ...

धरानबाट प्रतिबन्धित ...

सुनसरी/ धरान–१६ बाट प्रतिबन्धित लागू औषधसहित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved