पाँचथर / लगातार आएको अविरबल बर्षका कारण पाँथर जिल्लाका चार स्थानीय तहका १ सय १९ घर परिवार प्रभावित भएका छन् ।
जिल्लाको सुरक्षा निकायले दिएको तथ्यांकअनुसार बाढी पहिरोका कारण जिल्लाका १ सय १९ परिवारका पाँच सय ७४ जना नागरिक प्रभावित बनेका छन् ।
तथ्यांकमा उल्लेख भए अनुसार बाढी र पहिराका कारण १४ घर पूर्णरूपमा विस्थापित भएका छन् ।
पाँथरजिल्लाभरिपूर्ण विस्थापित हुने को संख्या ५९ रहेको सुरक्षा निकायले दिएको तथ्यांकमा उल्लेख छ ।
बाढी पहिरोका कारण जिल्लाका ८६ घर उच्च जोखिममा छन
जोखिममा परेका ८६ परिवारका ४ सय २५ नागरिक न विस्थापित बनेको तथ्यांकमा उल्लेख छ ।
बाढी पहिरोका कारण १९ घरमा आंशिक क्षति पुगेको, ९० जना नागरिक प्रभावित बनेको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले जानकारी दिए ।
उनका अनुसार जिल्लामा ५ सय ७४ जना विस्थापित बनेका छन् ।
बाढीकै कारण सडक सञ्जाल समेत भताभुग बनाएको छ ।
जिल्लामा छ वटा पक्की पुल बगाएको छ भने एउटा बेलिब्रिज, आठ वटा झोलुंगे पुल र एउटा फलामको ट्रस समेत बाढीले बगाएको प्रजिअ मंग्रातीले बताए ।
पुलमा क्षति भएपछि मेची राजमार्गको फिदिम–ताप्लेजुङ खण्ड, तमोर कोरिडोरको माझीटार–ताप्लेजुङ खण्ड, मध्यपहाडी लोकमार्गको ओयाम–च्याङथापू खण्ड अवरुद्ध भएका छन ।
दर्जनौँ ग्रामीण सडकको सवारी आवागमन प्रभावित बनेको प्रजिअ मङ्ग्रातीले जानकारी दिए ।
जिल्ला दैवी प्रकोप समितिले बाढी पहिराका कारण विस्थापित सबै परिवारसम्म राहत सामग्री पुर्याएको छ।
पूर्णविस्थापित परिवारका लागि लामो समय उपयोग गर्न सकिने पाल पनि जिल्ला आइपुगेको र शनिबारदेखि वितरण थालिने प्रजिअ मङ्ग्रातीको भनाइ छ ।
बाढी पहिराले हालसम्म एउटा विद्यालय, तीन वटा गोठ, ४६ वटा चौपाया बगाएको तथ्यांक संकलन भएको छ ।
बाढी पहिराका कारण जेसीबी मेसिन दुई वटा, एउटा ट्याक्टर, एउटा मोटरसाइकल, एउटा स्काभेटर र एउटा क्रसर मेसिन पनि बगाएको जाइएको छ ।
पाँचथरमा पहिरोले एक बालिका तथा बाढीले एक महिला र एक पुरुषको ज्यान गएको छ । बाढीमा परी अझैसम्म तीन जना बेपत्ता छन् ।
बेपत्ताको खोजीकार्य जारी रहेको र यसमा तमोर नदीको सीमावर्ती जिल्लाका सुरक्षा निकायसँग समेत समन्वय भइरहेको प्रजिअ मङ्ग्रातीले बताए ।