धरानका वडा काम चलाउ मात्र ?

  • असार ९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान /  धरान उपमहानगरपालिकाका २० वटा काम चलाउ मात्रै बनाउन खोजिएको भन्दै वडाध्यक्षहरुले असन्तुष्टि राखेका छन् । कार्य पालिका बैठकमै मेयरले बजेट आफु केन्द्रित गर्न खोजेको भन्दै वडालाई काम चलाउ मात्र बनाउन खोजेको बताएका हुन् ।

आगामी आर्थिक बर्ष २०८०/८१का लागि तयार भएको धरान उपमहानगरपालिकाको बजेटमा मेयर हर्क साम्पाङले हस्तक्षेप गरेर २१ करोड मात्र बजेट वडामा पठाउने गरि सिलिङ तयारी पारेका छन् ।

कुल १ अर्ब ७० करोड हाराहारीमा आउन लागेको उपमहानगरको बजेटमा वडाहरुलाई मेयरले बजेट कटौती गर्न लागेका हुन् । गत बर्ष वडाहरुले ३१ करोड पाएका थिए भने त्यस अघि ३५ करोड रुपैया वडामा पठाउने गरिएको थियो ।

‘मेयर साब मेरो वडाको सामान्य प्रशासनिक खर्च बाहेक सबै बजेट हजुरले राख्नुस्,’अघिल्लो कार्यपालिका बैठकमा ६ नम्बर वडाका वडाध्यक्ष भुपेन्द्र भट्टराईले ब्यङ्ग्यत्मक रुपमा आफ्नो प्रस्ताब राखे ।

धरानको विकास भनेका वडाबाट हुने हो,वडाकै बजेट कटाएर हामीले जनतालाई के जवाफ दिने धेरै वडाध्यक्षको एउटै मत छ । मेयर र्हक साम्पाङले मेयर कोषमा रकम थप गरेका छन भने उपमेयर कोषपनि खडा गरेर बजेट राखिएको छ ।

मेयरले वडाध्यक्षलाई भुमिका विहिन बनाएर आफु हावि हुन खोजेको देख्न्छि उपमहानगर पालिकाका एक अधिकृतले भने ‘सबेसम्म बजेट वडामा पठाएर मेयरले थप बजेट तथा निती निर्माण गर्न ध्यान दिनु पर्नेमा वडाकै बजेट कटौती गरेर मेयरले चलाउन खोजेको देखिन्छ ।

२० वडा वडालाई २१ करोड दिनु भनेको वडाअध्यक्षहरुलाई जनताको प्रेशर दिन खोज्नु हो धरानका एक पुर्व जनप्रतिनिधि भन्छन्‘ जनता वडामा ठोकिन्छन्,वडामा बजेट नभएपछि वडाध्यक्षले मेयरको मा पठाउनु पर्ने हुन्छ,मेयरले आफुअनुकुल बनाएर बजेट दिने र वडाध्यक्ष (दलहरु) प्रति गलत धारणाको विकास गरिदिने कुटिल चाल स्पस्ट देख्न सकिन्छ ।’

पछिल्लो समय मेयर हर्क साम्पाङका समर्थक सामाजिक सञ्जालमा अराजक र अश्लिल शैलीमा अगाडी बढेका देखिन्छन् उनले भने ‘यसले मानिसलाई क्षणिक आनन्द त होला तर धरानको भविष्य कस्तो हुन्छ

भन्ने तर्फ सोच्न जरुरी छ ।वडामा उपमहानगरको सबै बजेट पठाउनु पर्छ अनिमात्र जनताले कामको अनुभुती गर्न पाउछन् उनले भने ‘धरानका वडामा अहिले सम्म भ्रस्टाचार शुन्य नै देखिएको छ,बरु नगरबाट धेरै बेरुजु बढेको देखिन्छ’उनले भने ।

मेयर साम्पाङले भने बजेट अभाबका कारण वडाको र विषयगत समितीको बजेट सिलिङ घटेको बताएका छन् । कार्यपालिका बैठकमै जवाफ दिदै उनले बजेट घटेको बताएका हुन् । तर गत आर्थिक बर्षको भन्दा आगामी बर्षका लागि बजेट केही बृद्धि भएर आएको छ ।

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

डेरामै चल्दै थियो नक ...

सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ ...

सुनसरीमा ‘नवरत्न बीट ...

सुनसरी/ भारतको प्रतिष्ठित पर्सनल केयर तथा आयुर्वेद ...

धरानबाट प्रतिबन्धित ...

सुनसरी/ धरान–१६ बाट प्रतिबन्धित लागू औषधसहित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved