लम्पी स्किनले २१ हजार पशुको ज्यान गयो

  • असार ९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ देशभर महामारीका रूपमा फैलिएको लम्पी स्किन रोगका कारण हालसम्म २१ हजार पशु मरेको पशु विभागले जानकारी दिएको छ।

विभागका अनुसार हालसम्म सातै प्रदेशमा ३ लाख १९ हजार ३ सय १४ हजार पशु चौपाया निको भएका छन्।

हालसम्म ५ लाख ५५ हजार ४ सय पशु संक्रमित भएको र त्यसमध्ये १ लाख ९ हजार ६ सय ६७ पशुमा खोप लगाइएको छ। हाल २ लाख १५ हजार पशु यो रोगको संक्रमणमा छन्।

विभागले रोग नियन्त्रणका लागि पशुपन्छी अन्वेषण तथा नियन्त्रण महाशाखा प्रमुख डा. वरूणकुमार शर्माको संयोजकत्व र सातै प्रदेशसँगको समन्वयमा एलएसडी कन्ट्रोल रूम स्थापना गरी काम गरिरहेको छ।

लम्पी स्किन नेपालमा देखिनासाथ कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट सातै प्रदेशमा मन्त्रालयबाट सहसचिवको नेतृत्वमा टोली खटाइएको छ। उक्त टोलीले प्रदेशका विभाग र स्थानीय तहसँग सहकार्य गरेर काम अगाडि बढाएका छन्।

सहसचिव नेतृत्वको टोलीका अनुसार मुलुकभर लम्पी स्किन रोग क्रमिक रूपमा नियन्त्रण उन्मुख रहेकाले चिन्तामा नरहन पशुपालक किसानलाई आग्रह गरिएको छ।

जुन ठाउँमा रोगको संक्रमण फैलिएको छ, उक्त स्थानका किसानले प्रदेशस्तरमा गठन भएको कन्ट्रोल रूममा सूचना तथा जानकारी दिनसक्ने व्यवस्था गरिएको छ।

लम्पी स्किन रोकथामका आवश्यक तयारीका साथ सातै प्रदेशमा टोली खटाएर काम अगाडि बढाएको पशु सेवा विभागका महानिर्देशक डा. सम्झना काफ्लेले बताइन्।

हाल विभागले पशु सेवा विभागअन्तर्गतका सहसचिवले नेतृत्व गर्ने गरी सातवटै प्रदेशमा टोली खटाएको छ।

विभागका अनुसार असार ५ गते सुदूरपश्चिम प्रदेशमा विभागका उपमहानिर्देशक डा. वरूणकुमार शर्मा, कर्णाली प्रदेशमा उपमहानिर्देशक डा. प्रेरणा सेढाईंको नेतृत्वमा लम्पी स्किन रोगको रोकथाम, नियन्त्रण तथा समन्वय टोली खटाइएको छ।

लम्पी स्किन रोग सम्बन्धमा बारम्बार सोधिने प्रश्नहरूको उत्तरसहितको सामग्री तयार गरिएको छ। साथै उक्त रोगको रोकथाम तथा नियन्त्रण गर्न स्थानीय तहअनुसार अनुमानित पशु संख्या, रोगको जोखिममा रहेका पशु संख्या र लम्पी स्किन रोगविरूद्धको खोप लगाउनुपर्ने अनुमानित पशु संख्याको विवरण विभागमा उपलब्ध गराउन प्रदेशस्थित पशु सेवा हेर्ने सातवटै मन्त्रालयलाई निर्देशन दिइएको छ।

आवश्यक बजेट नहुँदा भ्याक्सिन खरिदमा समस्या परिरहेका बेला मन्त्रायलले आवश्यक बजेटको प्रबन्ध मिलाएर काम अगाडि बढाएको जनाएको छ।

 

यो पनि

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved