पानीको बहाव बढेपछि सप्तकोशीमा जेट-बोट बन्द

  • असार १०, २०८०
  • कोशीपत्र/संवाददाता
alt फाइल तस्बिर:

सुनसरी/ सप्तकोशीमा पानीको बहाव बढेपछि उदयपुर र सुनसरीको सीमास्थित सप्तकोशीमा सञ्चालित जेट-बोट बन्द भएको छ।
उदयपुरको बेलका नगरपालिका–८ र सुनसरीको बराहासीमास्थित सप्तकोशीमा १३ वटा जेट-बोट सञ्चालनमा थिए।

वर्षासँगै कोशीमा पानीको बहाव उच्च भएपछि वर्षाभरका लागि जेट-बोट बन्द गरिएको कोशी एड्भेन्चरका सञ्चालक समितिका सचिव शिव थापाले बताए।

कोशीमा पानी बढेपछि सबै जेट-बोट कोशीबाट निकालिसक्यौं,थापाले भने,बोटले पानीको छाल नै काट्न नसक्ने अवस्था भएपछि बन्द गरिएको हो।

पानीको बहाव घटेसँगै आगामी असोज महिनादेखि फेरि बोट सञ्चालनमा आउने पनि सचिव थापाले बताए।

बोटले उदयपुर, सुनसरी, भोजपुर र धनकुटा लगायतका स्थानहरूमा यात्रु ओसारपसार गर्दै आएको थियो। बोट मुख्यगरी बराह क्षेत्र, त्रिवेणी, सिम्ले र माईबेनी गरी चारवटा स्थानमा आउजाउ गर्थ्यो।

गाडीबाट झन्डै तीन घन्टा समय लाग्ने ठाउँ सिम्लेमा जेट-बोटले करिब १५ मिनेटमै पुर्‍याउँथ्यो। बोटका कारण पहाडी जिल्ला भोजपुर र धनकुटा जाने यात्रुहरूलाई सहज भइरहेको खबर राससले प्रकाशित गरेको छ।

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved