बिपिमा अव्युदय स्पोर्ट्स फेस्ट २०२३, "बास्केटबलमा डक्टर्स महिला पुरुष, अव्युदय थर्ड इयर र ब्याच २०२३ बिजयी"

  • असार १०, २०८०
  • कोशीपत्र/संवाददाता
alt तस्बिर: बिकास चाम्लिङ राई

धरान/   बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठानको अव्युदय तेस्रो वर्षका विद्यार्थीहरुको आयोजनामा अव्युदय स्पोर्ट्स फेस्ट २०२३ बिहिबार देखि सुरु भएको छ ।

स्पोर्ट्स फेस्ट अन्तर्गत बिहिबार देखि बिपि प्रतिष्ठान इन्टर ब्याच बास्केटबल टुर्नामेन्ट सुरु भएको छ ।

बास्केटबल अन्तर्गत शनिबार भएको खेलमा महिला तर्फ डक्टर्स टिमले फस्ट इयर टिमलाइ १७-६, आयोजक ब्याच अवुदयले ब्याच २०२३ लाई २४-० अङ्कको अन्तरले पराजित गरेको छ ।

20230625_072715
यसैगरि सोही दिन दुई खेल खेलेका पुरुष तर्फ डक्टर्स टिमले ब्याच २०२३ टिमलाइ ४५-४ र ब्याच २०२२ टिमलाइ ३९-८ अङ्कले पराजित गरेका छन ।

सनिबार साझ भएको अन्तिम खेलमा ब्याच २०१८ टिमले ब्याच २०२१ टिमलाइ १४-० अन्तरले पराजित गरे ।

स्पोर्ट्स फेस्ट अन्तर्गत क्रीकेट, फुट्बल, भलिबल, टेबलटेनिस, चेस, पावरलिफ्टिङ्ग, रिले रेस, क्यारम्बोर्ड , अनलाइन गेम पबजी , सिओडी र फिफा गेम भइरहेको बिपि प्रतिष्ठान स्पोर्ट्स कमिटी सदस्य हार्दिक गोयलले जानकारी गराए ।

बास्केटबल खेलमा महिला र पुरुष तर्फ ६/६ टिम रहेको छ । बास्केटबल तर्फको फाइनल खेल भने बुधबार हुने गोयलले बताए ।

20230625_072415

आजको खेल महिला तर्फ सेकेन्ड इयर विरुद्ध जुनियर फस्ट इयर र सिनियर फस्ट इयर विरुद्ध फोर्थ इयर ब्याचले प्रतिश्पर्धा गर्नेछ ।

प्रतियोगितामा प्राबिधिक सहयोग धरान बास्केटबल संघको रहेको छ ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved