अव्युदय स्पोर्ट्स फेस्ट २०२३ बास्केटबलमा डक्टर्स महिला पुरुष र थर्ड इयर अव्युदय महिला पुरुष फाइनल प्रवेश

  • असार १२, २०८०
  • कोशीपत्र/संवाददाता
alt -बिकास चाम्लिङ राई

धरान/  बिपि स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सम्पन्न भइरहेको अव्युदय स्पोर्ट्स फेस्ट २०२३ अन्तर्गत बास्केटबल खेलमा डाक्टर्स महिला पुरुष र थर्ड इयर अव्युदय महिला पुरुष दुबै टिम फाइनल प्रबेश गरेका छन ।

बुधबार हुने फाइनल खेलमा महिला तर्फ डाक्टर्स विरुद्ध आयोजक थर्ड इयर टिम र पुरुष तर्फ पनि डाक्टर्स विरुद्ध आयोजक थर्ड इयर बिच नै उपाधिको लागि प्रतिश्पर्धा गर्नेछन ।

20230626_224421

 

सोमबार भएको महिला तर्फको सेमि फाइनल खेलमा डाक्टर्स टिमले जुनियर फस्ट इयर टिमलाइ २४-० र थर्ड इयरले फस्ट इयर सिनियरलाइ ८-५ अंकले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए ।

यसै गरि पुरुष तर्फ डाक्टर्स टिमले फोर्थ इयर टिमलाइ ४०-२१ र थर्ड इयर अव्युदयले फस्ट इयर सिनियरलाइ ३१-६ अङ्कले पराजित गर्दै फाइनल प्रबेश गरेका छन ।

खेलमा महिला डाक्टर्स टिमका सिवानी सैले शर्माले १०, थर्ड इयर महिला टिमका यमुना रोकाय ४, थर्ड इयर पुरुष तर्फ हार्दिक गोयल १० र डाक्टर्स टिमका भिषण राईले १५ अंक ब्यक्तिगत जोडे ।

धरान बास्केटबल संघको प्राबिधिक सहयोग रहेको बास्केटबल खेलको फाइनल खेल भने बुधवार साझ बिपि प्रतिष्ठानको बास्केटबल कोर्टमा हुनेछ ।

थर्ड इयर अव्युदयको आयोजनामा भइरहेको स्पोर्ट्स फेस्ट २०२३ अन्तर्गत क्रीकेट, फुट्बल, भलिबल, टेबलटेनिस, चेस, पावरलिफ्टिङ्ग, रिले रेस, क्यारम्बोर्ड , अनलाइन गेम पबजी , सिओडी र फिफा गेम भइरहेको छ ।

बास्केटबलमा महिला र पुरुष तर्फ ६र६ टिमले सहभागिता जनाएको छ ।

धरान भेट्रान बास्केटबल र आयोजक अलस्टार बिच मैत्रीपुर्ण खेल हुने

फाइनल खेलको अघिल्लो दिन मङ्गलबार पुरुष तर्फ आयोजक अलस्टार बास्केटबल टिम बिरुद्ध धरान भेट्रान बास्केटबल टिम र महिला तर्फ आयोजक अलस्टार र धरान बास्केटबल प्राबिधिक टिम बिच मैत्रीपुर्ण खेल हुनेछ ।

मनोरंजन सङ्गै आपसी भाइचारा बढाउनका लागि मैत्रीपुर्ण खेल खेल्न लागिएको डाक्टर्स टिमका खेलाडी डा। ससाङ्क ताम्रकारले बताए ।

मैत्रीपुर्ण खेल मङ्गलबार साझ ६ बजे देखि सुरु हुनेछ ।

एस.ई.ई.आईडलका सहभागी ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि. द्वारा संचाल ...

धरान वडा नम्बर १० बा ...

धरान/ धरान उपमहानथरपालिका वडा नम्बर १० लाई बालमैत् ...

प्रथम पानबारी गोल्डक ...

धरान/ प्रथम पानबारी गोल्डकप २०८१ शनिबारदेखि शुरु भ ...

नृत्य निर्देशक संघ न ...

सुनसरी/ नृत्य निर्देशक संघ नेपाल, सुनसरीको अध्यक्षमा नृ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved