उजाड डाँडामा फलफूलको खेती सुरु गदै

  • असार १२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / सुविधा र अवसरको खोजीमा बसाई सर्दा पहाडी क्षेत्र रित्तिने क्रम बढ्दो छ तर कसैले अवसर नदेखेको धनकुटाको कुरुलेमा कसैको लागि भने ठूलो अवसर बनेको छ ।

बसाई सराईले बाक्लो बस्ती रहेको धनकुटाको कुरुले एकाएक रित्तिन थालेपछि गाउँ नै झाडीमा परिणत भयो । उराठ बनेको सोही ठाउँमा अहिले केही व्यक्ति भने सम्भावनाको खोजीमा छन् । एक समय बाक्लो बस्ती भएको साविकको धनकुटाको कुरुले गाविस पछिल्लो समय बसाई सराइले रित्तिदै गयो ।

बसाई सराईले गर्दा भर अवसरमा सहयोग गर्ने मान्छे खोज्न पनि धेरै टाढा पुग्नुपथ्र्यो । गाउँ नै रित्तिए पछि गाउमा कोही नबसेपछि धेरै बस्ती झाडीमा परिणत हुन पुग्यो । अत्याधिक चहलपहल कुरुले बसाई सराइकै कारण उराठ बन्यो । यसरी गाउँ नै रित्तिने गरी बसाई सराइ गर्नुको कारण थियो सम्भावना र अवसरको खोजी ।

यो बसाई सराईलाई नजिकबाट नियालिरहेका भारतीय मूलका अमेरिकन नागरिक राजीव गोयलले । उनले केही समयदेखि कुरुलेसहित पहाडी क्षेत्रको बसाई ससाईलाई नजिकबाट नियाल्दै आएका थिए । उनले बसाई सराईलाई रोक्ने पहल स्वरुप स्थानीयबासीसँग छलफललाई तिब्रता दिए । अहिले गोयलकै सल्लाह सुझाव अनुसार अहिले कुरुले पहिलेको कुरुले रहेन ।

उजाड कुरुले हराबरा बन्यो । यसले गाउँ ठाउँमै केहि गर्न सकिन्छ कि भन्ने आशा समेत गाउँबासीमा पलाएको छ । स्थानीय भोजबहादुर काफ्लेले यहाँ पनि केही हुने रहेछ भन्ने हामीलाई नौ दश बर्ष अगाडि राजीव गोयलसँग भेट भएपछि थाहा भयो । उनी कामको सिलसिलामा कुरुले आउँदा उनले यहााको बसाई सराई, खानेपानीको समस्या सम्बन्धी छलफल गरेका काफ्ले बताउँछन्।

उनी भन्छन्–‘छलफलमा उनले बर्खाको पानी जम्मा गर्न सकिने र यहाँ खेती गर्ने सम्भावना बढी भएको कुरा गोयलले बताएपछि अहिले गाउँमै सम्भावना बोकेर धेरै सर्वसाधारण बसाई सराई जाने क्रम रोकिएको छ ।’ एनले कृषि सम्बन्धी तालिम २०७३ सालमै सबैलाई दिएका थिए । 

dhankuta-pp222

 

सबैको सल्लाह अनुसार गोयलले तर्मोर पर्माकल्चर नामक संस्था गरिएको थियो । त्यही दर्ता गरेको कम्पनीले कुरुलेमा गरेको कार्य देखेपछि अहिले कुरुलेका स्थानीयहरुले बसाई सराई गर्ने कुरा सोच्न समेत विर्सिएका छन् ।अहिले गोयलले गरेको विधि अनुसार कुरुलेमा धेरै स्थानीयहरुले स्याउ फलाएर विक्री गर्न थालेका छन् ।

पहिले पानीको समस्याले सागसब्जी समेत नहुने कुरुलेमा सागसब्जी बजारबाट खरिद गरेर खाने गरेका स्थानीयहरुले अहिले आफै उत्पादन गरेर खानेमात्र हैन विक्री समेत गर्न शुरु गरिसकेका छन् । बसाई सराईबाट उजाड बनेको कुरुलेमा अहिले हराभरा हुन थालेको तमोर पर्माकल्चरका अध्यक्ष लोकेन्द्रकुमार याख्खाले बताए ।

उनले भने–‘हामीले विधि सिकिसकेपछि गर्दा यही हुदो रहेछ, आफ्नै गाउँठाउँमा गर्दा विदेश जानु पर्दोरहेनछ, भन्ने उदाहरण यसले गरेको छ ।’ उनले विदेशबाट अरवौ अरवौको सब्जी विदेशबाट नेपाल भित्रिने गरेको दृष्टान्त बताउँदै नेपालमा उत्पादन भएको कृषि जन्य सामाग्री विक्री गरेर रकम बाहिर नजाने, ताजा फलफुल खान पाइने भएकोले यो विधि प्रभावकारी भएको बताए।

 तीन रोपनी क्षेत्रफल  जग्गामा  विभिन्न जातका फलफुल जस्तै स्याउ,आरु बखडा,ओखर लगायत ३५ प्रजातिका फलफूल .लगाइएको छ भने नर्सरी समेत शुरु गरिएको छ। पहिला केही नहुने कुरुलेको बन्दुके डाडा अहिले हराबरा भएको छ,उजाड डाँडामा अहिले विभिन्न जातका फलफूल लटारम्भ फलेका छन्, फलफूल र नर्सरीबाट यो बर्ष १५ लाख आम्दानी हुने कम्पनीका सञ्चालक गोपीकृष्ण भण्डारी बताउँछन् ।

उनले भने–‘यस्तो ठाउँमा पनि फलफूलहरु हुदो रहेछ,प्रयास गर्दा हुदो रहेछ, यो संस्थाले फलफूल घर घरमा बाढेको छ,गर्दा हुन्छ भन्ने भएपछि किसानहरुले अहिले किनेरै फलफूलका विरुवा लगेर लाउन थालेका छन्,व्यवसायिक फलफूल खेतिको शुरुवात भएको छ,यो सकारात्मक कुरा हो ।’

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved