लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस सम्पन्न

  • असार १२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

बिराटनगर / कोशी प्रदेश अन्तरगतका १४ वटै जिल्लाका बिभिन्न स्थानहरुमा बिशेष कार्यक्रमको आयोजना गरी लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस भव्यताका साथ सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय स्तरबाट १६ स्थानमा, इलाका प्रहरी कार्यलय स्तरबाट ५६ स्थानमा र प्रहरी चौकी स्तरबाट १ सय २६ स्थान समेत गरी १ सय ९८ स्थानमा स्थानिय निकाय तथा बिभिन्न संघ संस्थाहरुसंग समन्वय गरी लागुऔषध सम्बन्धि सचेतनामुलक कार्यक्रमहरु संचालन गरिएको थियो ।

सुनसरीको धरान पानवारी स्थित आसरा सुधार केन्द्र पानवारीले “ लागू औषध दुरुपयोग बिरुद्धको ऐक्यबद्धताः व्यक्ति समाज र राष्ट्रको प्रतिबद्धता” भन्ने नाराका साथ कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं आसरा सुधार केन्द्र पानवारी धरान शाखाका प्रमुख संरक्षक प्रहरी नायव महानिरीक्षक राजेश नाथ बास्तोलाको प्रमुख आतिथ्यतामा बिभिन्न कार्यक्रमको आयोजना गरेको थियो ।

सोही अवसरमा केन्द्रमा उपचाररत सदस्यहरुले आन्तरिक खेल प्रतियोगिता, गित, नृत्य, कविता र नाटक समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि बास्तोलाले आसरा सुधार केन्द्रले समाजमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै लागूऔषध कारोवार तथा सेवन दण्डनिय अपराध भएकोले यसको दुरुपयोग नगर्न र कुलतमा नलाग्न तथा केन्द्रमा उपचाररत सदस्यहरुले सकारात्मक सोच लिएमा अब्बल नागरिक बनेर देशलाई ठुलो योगदान पुर्‍याउन सक्ने बताए ।

उनले खेल प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कृत गर्नुका साथै उपचाररत सदस्यहरुले प्रदर्शन गरेको कलाको उच्च सम्मान गरेका थिए ।

कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय, धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक मनोज कुमार यादव, कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारी,

कोशी प्रदेश प्रहरी श्रीमती संघ की अध्यक्ष एवं आसरा सुधार केन्द्र, पानवारी धरान शाखाको संरक्षक श्रीमती अजिता देवकोटा बास्तोला, संचालक समिति सदस्य शिला बज्राचार्य, सिनियिर प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

डेरामै चल्दै थियो नक ...

सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ ...

सुनसरीमा ‘नवरत्न बीट ...

सुनसरी/ भारतको प्रतिष्ठित पर्सनल केयर तथा आयुर्वेद ...

धरानबाट प्रतिबन्धित ...

सुनसरी/ धरान–१६ बाट प्रतिबन्धित लागू औषधसहित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved