सैनिक महाविद्यालयमा पत्रकारितासम्बन्धी कार्यशाला

  • असार १२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/   सैनिक आवासीय महाविद्यालयमा एकदिने आधारभूत पत्रकारिता कार्यशाला सोमबार सम्पन्न भएको छ ।

महाविद्यालयको नेपाली विभागले संयोजन गरेको सो कार्यशालामा सैनिक महाविद्यालयमा कक्षा १० अध्ययनरत् डेढ सयभन्दा बढी विद्यार्थी सहभागी थिए ।

कार्यशालामा विद्यार्थीहरूलाई कक्षा १० को नेपाली विषयको पाठ्यक्रममा समावेश भएका समाचार लेखन, घटना टिपोट र रिपोर्टिङ, सम्पादकीय, सम्पादकलाई चिट्ठी तथा प्रतिवेदन लेखनजस्ता विषयमा आधारभूत जानकारी दिइएको थियो ।

महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक एवम् कोशीपत्रका सम्पादक राजेश विद्रोहीले विद्यार्थीहरूलाई सहजीकरण गरेका थिए ।

355494414_10226590144614187_8156211599289481756_n

उनले त्यस क्रममा विद्यार्थीहरूलाई पत्रकारिताका विविध आयामबारे जानकारी प्रदान गरेका थियो ।

कार्यशालामा सहभागी विद्यार्थीहरू सोनम राई, अश्विन गौतम, प्रकृति सुवेदी, निशानी राई, प्रदेशिका मोक्तान र मञ्जिता श्रेष्ठले सोही कार्यक्रमको छोटो समाचार तयार पारेर कार्यक्रमको अन्त्यमा सुनाएका थिए ।

कार्यशालामा सहभागी विद्यार्थी अनुरागसिंह भण्डारीले विद्यार्थीहरूका लागि कार्यशाला फलदायी भएको धारणा प्रस्तुत गरे ।

354474202_653767063286983_5984778543048315064_n

 

उनले कार्यशालाबाट अफुहरूले सम्बन्धित विषयमा ज्ञान प्राप्त गरेको बताए ।

कार्यशालामा नेपाली विषय शिक्षकहरू पनि उपस्थित थिए ।

सम्बन्धित विषयका विज्ञहरूसँग अन्तरक्रिया गराई सिकाइलाई थप प्रभावकारी र कार्यमूलक बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको महाविद्यालयका प्राचार्य रवीन्द्र थापाले बताए ।

महाविद्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिइरहने थापाको भनाइ थियो ।

कार्यक्रमको संयोजन नेपाली विभाग प्रमुख मधुसूदन घिमिरेले गरेका थिए भने कार्यक्रम नेपाली विषय शिक्षक लेखजङ्ग घिमिरेले सञ्चालन गरेका थिए ।

तीन घण्टासम्म सञ्चालन भएको कार्यशालाको सुरुमा आयोजित औपचारिक कार्यक्रममा प्राचार्य थापा,

सम्पर्क अधिकृत सेनानी मन्दिप राई, सहायक व्यवस्थापकीय अधिकृत सेनानी पूजा श्रेष्ठ, भाइस प्रिन्सिपल र विभागीय प्रमुखहरू पनि उपस्थित थिए ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved