कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगिता सुरु

  • असार १५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ प्रथम कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगिता विराटनगरमा सुरु भएको छ ।

विराटनगर ब्याडमिन्टन क्लबको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको प्रयोजनमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो ।

४ विधामा हुने प्रतियोगिताको पहिलो दिन १० जना सेमिफाइनल र २० जना प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिताअन्तर्गत मेन्स सिंगलतर्फ सुप्रिम पन्तले सुवास भट्टराईलाई र विनय चौधरीले सुचक खड्कालाई पराजित गरे भने रोधन राई र नवीन सिलवालले वाक ओभर पाउँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मेन्स डबल्सतर्फ शशी चौधरी र यशवन्त विक्रम शाहको जोडीले वाक ओभर पाए भने प्रकाश राई र नवीन सिलवालको जोडीले नारायण श्रेष्ठ र प्रदीप श्रेष्ठको जोडीलाई र मन्दीप घले र लाक्पा शेर्पाको जोडीले रमेश घिमिरे र जितेन्द्र सुवेदीको जोडीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेका छन् ।

त्यस्तै, मेन्स डबल्सतर्फ मुनाहाङ राई र नवीन राईको जोडीले दिनेश पन्त र ज्योती हाङ राईलाई पराजित गरे भने नारायण श्रेष्ठ र प्रदीप श्रेष्ठको जोडी र रमेश घिमिरे र जितेन्द्र सुवेदीको जोडीले वाक ओभरका आधारमा प्रि–वाटरफाइनलमा प्रवेश गरेका छन् ।

४५ वर्षमाथिको मास्टर डबल्स पूर्ण बुढा र भजनलाल चौधरीको जोडीले भूपाल राना मगर र अमृत मल्लको जोडीलाई, डिल्लीराम डाँगी र विकास श्रेष्ठको जोडीले अशोक भूजेल र खगेन्द्र तिम्सिनाको जोडीलाई,

ज्ञानेन्द्र भट्टराई र राम बुढाथोकीको जोडीले उमेश राई र किरणकुमार ताम्राकारको जोडीलाई, दिनेश चौधरी र नुनुलाल चौधरीको जोडीले किरणसिंह बस्नेत र मनोज लाखेको जोडीलाई, यशवन्तविक्रम शाह र धनकुमार श्रेष्ठको जोडीले

पुनम दाहाल र देवनारायण मण्डलको जोडीलाई पराजित गरे भने शिवकुमार धिमाल र सुदीप पोखरेलको जोडी तथा जीवन बोगटी र शिखर श्रेष्ठको जोडीले वाक ओभर पाउँदै प्रि–क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

असार १६ गतेसम्म हुने प्रतियोगितामा मेन्स सिंगल, मेन्स डबल्स, मास्टर ४५ वर्षमाथि र मास्टर ६० वर्षमाथिका प्रदेश भरबाट १ सय बढी खेलाडीको सहभागिता रहेको छ ।
प्रतियोगिताको मेन्स सिंगल र मेन्स डबल्सका

प्रथमले २५ हजार, द्वितीयले १५ हजार र तृतीयले १० हजार, मास्टर ४५ र ६० वर्षमाथिका प्रथमले १५ हजार, द्वितीयले १० र तृतीयले ६ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन् ।

कार्यक्रमकी प्रमुख अतिथि प्रदेश खेलकुद बोर्ड कोशी प्रदेशकी उपाध्यक्ष जिन कार्की, नेपाल ब्याडमिन्टन संघका केन्द्रीय सदस्यद्वय लवभक्त श्रेष्ठ र विनोद डाँगी तथा आयोजक क्लबका अध्यक्ष किरणसिंह बस्नेतलगायतले उद्घाटन गरे ।

एस.ई.ई.आईडलका सहभागी ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि. द्वारा संचाल ...

धरान वडा नम्बर १० बा ...

धरान/ धरान उपमहानथरपालिका वडा नम्बर १० लाई बालमैत् ...

प्रथम पानबारी गोल्डक ...

धरान/ प्रथम पानबारी गोल्डकप २०८१ शनिबारदेखि शुरु भ ...

नृत्य निर्देशक संघ न ...

सुनसरी/ नृत्य निर्देशक संघ नेपाल, सुनसरीको अध्यक्षमा नृ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved