खेलकुदको विकासमा महानगरपालिका गम्भीर छ : मेयर कोइराला

  • असार १४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर / प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको आयोजनामा बुधबारदेखि विराटनगरमा प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले पछिल्लो समय हरेक क्षेत्रमा विराटनगर पछि पर्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले विगतमा विराटनगरले प्रशस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरेको स्मरणसमेत गर्नुभयो ।

उहाँले खेलकुदको विकासका लागि महानगरपालिका सधैं लागिपर्ने बताउनुभयो ।

मेयर कोइरालाले खेलकुदका माध्यमबाट आर्थिक र आणविक रुपमा जतिसुकै शक्तिशाली राष्ट्रलाई पनि परास्त गर्न सकिने विचार राख्नुभएको थियो ।

कार्यक्रममा नेपाल सफ्ट टेनिस एसोसिएसनका अध्यक्ष विनयविक्रम शाह, प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्लेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा कोशी, वाग्मती, लुम्बिनी, सुदूरपश्चिम प्रदेश र विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबका ७० जनाभन्दा बढी खेलाडी सहभागी छन् ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved