जबजको प्रणेता स्व. मदन भण्डारीको जन्म जयन्तीको अवसरमा मुक्ती समाजको बिचार गोष्ठी

  • असार १५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / जनताको बहुदलिय जनबादको प्रणेता स्वर्गीय मदन भण्डारीको ७२ औ जन्मोत्सबको अवसरमा धरानमा नेपाल उत्पीडित मुक्ती समाज कोशी प्रदेश कमिटिले बिचार गोष्ठीको आयोजना गरेको छ ।

उनको २००९ साल असार १४ गते ताप्लेजुङ्को ढुङेसाघुमा जन्म भएको थियो ।

न बिश्वमै कम्युनिस्ट आन्दोलन शिथिल हुँदै गएको समयमा नेपालमा माक्सबादलाइ स्थापित गर्न जनताको बहुदलिय जनबाद सिद्धांत प्रतिपादन गरेर कम्युनिस्ट आन्दोलनलाइ उचाईमा पुर्याएका थिए । बर्सेनि उनको जन्म दिवसमा विभिन्न कार्यक्रम गरि नेकपा एमालेले सम्झने गरेको छ ।

यश वर्ष एमाले निकट मुक्ती समाज कोशी प्रदेश कमिटिले भण्डारीको ७२ औं मदन जयन्तीको अवशरमा नेपाली राजनीतिमा जननेता मदन भण्डारीको योगदान र जनताको बहुदलीय जनवादको सान्र्दभिकताझ बिषयक बिचार गोष्ठीको आयोजना गरेको हो ।

ee

बिचार गोष्ठीमा पार्टीका स्थायी कमिटी सदस्य गुरु बरालले जननेता भण्डारीको जबजको सिद्धांत अनुसार दलित समुदायको मुक्ति सम्भव भएको बताए ।

जनताको मुक्तीदाता जनतानै भएको सिद्धान्त प्रतिपादन गरेर जनतालाइनै सर्बोपरी बनाएको बरालले बताए ।

जबजको सिद्धांत अनुसार समाजबाद तर्फ अघि बढ्न जनताको भुमिका र मुक्ती समाजको भुमिकाको बिषयमा जानकारी गराएका थिए ।

त्यसै गरि गोष्ठीमा कोशी प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपानेले जननेता भण्डारीले बिस्वकै कम्युनिस्ट आन्दोलनमा खेलेको भुमिका र नेपालको हरेक परिवर्तनको आन्दोलनमा जबजको सिद्धान्तले खेलेको भुमिकाको बिषयमा चर्चा गरेका थिए ।

गोष्ठीमा एमालेका प्रदेश कमिटी सचिवालय सदस्य मुरारी सुबेदी, मुक्ती समाजका केन्द्रीय उपाध्यक्ष अनुभुतिबम नेपाली, महासचिव खेम नेपाली, एमाले धरान नगर इन्चार्ज नारायण सुबेदी, नगर अध्यक्ष हर्कजङ एभेङ्ले जननेता भण्डारीको योगदानको बिषयमा चर्चा गरेका थिए ।

मुक्ति समाज धरान नगरको संयोजनमा भएको कार्यक्रमको अध्यक्षता प्रदेश कमिटी अध्यक्ष उमेश बिश्वकर्माले गरेका थिए ।

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

प्रा.डा शर्मालाई निम ...

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved