विपद् जोखिम न्युनिकरण व्यवस्थापन अभ्यास कार्यक्रम सम्पन्न

  • असार १५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा / श्री भिमदल गणद्वारा विपद् जोखिम न्युनिकरण व्यवस्थापन एकीकृत अभ्यास हातेमालो –५ कार्यक्रम सम्पन्न भएको छ। बर्षतको समयमा वाढी,पहिरो,भु–क्षय जस्ता घटनाहरू बढि हुने भएकाले सम्भावित क्षतिलाई न्युनिकरण गर्न तथा प्रभावकारी रूपमा विपद् ब्यवस्थापन गरी जनधनको क्षति हुनबाट बचाउन जिल्लामा रहेका सबै सरोकारवाला तथा निकायहरुसंग समन्वय र सहकार्य गरि जोखिम न्युनिकरण र ब्यस्थापनमा सहज होस् भन्ने उदेश्यले नेपाली सेना श्री भीमदल गण र श्री जिल्ला प्रशासन कार्यालय धनकुटाको सह–आयोजनामा जिल्ला स्तरिय एकीकृत अभ्यास हातेमालो  –५ कार्यक्रम  विहिबार धनकुटामा सम्पन गरेको छ ।

प्रमुख जिल्ला अधिकारिको अध्यक्षता संचालन भयको कार्यक्रममा विपद् पुर्व,विपद्को समयमा, आईपर्ने समस्या तथा चुनौतीहरुलाई सबै सरोकारवाला निकायहरूको सहकार्यमा उपलब्ध श्रोत साधनको अधिकतम प्रयोग गरि योजनावद्ध रुपमा कसरी प्रभावकारी विपद् व्यवस्थापन गर्ने सकिन्छ भन्ने विषयमा सफल गरिएको थियो ।

श्री भीमदल गण धनकूटाको आयोजना तथा जिल्ला विपद् व्यवस्थापन समितिको संयोजनमा गणमा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी,राष्ट्रिय अनुसन्धान, रेडक्रस,उद्योग वाणिज्य संघ,स्थानीय तहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

सरोकारवालाहरुको सहभागितामा स्थापना गरि काल्पनिक कथामा आधारित भएर टेस्ट अभ्यास समेत गरिएको थियो । त्यसै गरि प्रतिकार्य अभ्यासमा योजना उद्धारका लागि आवश्यक पर्ने सामाग्रीहरु पनि प्रदर्शन गरिएको थियो । नेपाली सेनाले राष्ट्रिय विपद् प्रतिकार्य क्षमता अभिवृद्धिमा जोड दिदै विभिन्न तहमा एकीकृत अभ्यासहरू गर्दै आएको छ ।

तसअर्थ धनकुटामा पनि विभिन्न संघ संस्थाका सरोकारवालाहरुसंग समन्वय,छलफल,खोज, उद्धार तथा राहत वितरण देखि पुनर्स्थापना कसरी गर्ने भन्ने विषयमा केन्द्रित भएर काल्पनिक कथामा अभ्यास गरिएको गणका गणपति प्रमुख सेनानी श्री सुमन थापाले बताउनु भयो ।

गणपति थापाले यस किसिमको अभ्यासले बर्षातले निम्त्याउन सक्ने विपदका जोखिमहरुलाई सामुहिक रुपमा समन्वय र सहकार्य गरेर विपद कार्यमा परिचालन हुन सहजता ल्याउने समेत जानकारी दिनु भयो । हालको बर्षात र बदलिदो मौसमबाट हुने विपद्का घटनाहरुले श्रृजना गर्न सक्ने क्षतिलाई यस किसिमको अभ्यासले प्रतिकार्य गर्न र क्षति न्युनिकरण गर्नको लागि प्रभावकारी भूमिका निभाउन सहयोग पुर्याउने धनकुटाका प्रमुख जिल्ला अधिकारी श्री थानेश्वर गौतमले बताएका छन ।

प्र.जि.अ. गौतमले हरेक मनसुनको समयमा भौतिक तथा मानवीय क्षति पुर्याउदै आएको बताउदै प्रतिकार्य अभ्यास सहितको सरोकारवालाहरुको छलफलले खोज,उद्धार पुनस्थापना देखि लिएर जनधनको क्षति भएमा समेत राहत वितरण प्रक्रियालाई पनि सहज बनाउने बताएका छन ।

यस प्रकारको अभ्यासबाट विपद् प्रतिकार्यको लागि क्रियाशिल सुरक्षा निकायहरु लगायत जिल्ला स्थित सम्पुर्ण सरोकारवाला निकायहरु बीच प्रभावकारी समन्वय एवं सहकार्य गर्न थप मद्दत पुग्ने हुदा आगामी दिनहरुमा जिल्लामा घट्न सक्ने विपद्का घटनाहरुलाई मध्यनजर गर्दै आपसी समन्वयमा पूर्व तयारी एवं विपद्‌को घडिमा विपद् प्रतिकार्य तथा न्यूनिकरणमा टेवा पुगने देखिएको छ ।

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

प्रा.डा शर्मालाई निम ...

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved