बिराटनगर जेसिजको तालिम सप्ताह सम्पन्न

  • असार १६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

बिराटनगर / बिराटनगर जेसीजको आयोजनामा सुरु भएको तालिम सप्ताह असार १५ गते कार्यक्रम संचालन विधि तालिमका साथ सम्पन्न भएको छ ।

असार ७ गते देखि बिराटनगर जेसीजको सभाहलमा भएको कार्यक्रममा नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष फुल कुमार लालवाणीले युवाहरुलाई तालिमको माध्यम बाट अघि बढाउन जेसीजले गरेको प्रयासको प्रशंसा गर्दै यस तालिमले ब्यक्तिगत जिवनमा समेत प्रभाव पार्न सक्ने बिस्वास ब्यक्त गर्नु भयो ।

त्यस्तै प्रमुख अतिथी नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष महेश पौडेलले जेसीज तालिमका लागि परिचित रहेको र बिराटनगर जेसीजले लियोका नेताहरु लाइ दिएको तालिमले निश्चित रुपमा जुलाइ १ देखि सुरु हुने कार्यकालका लागि फलदायी हुने बिश्वास ब्यक्त गर्नु भयो ।

जेसीजको मुख्य बिधा तालिमलाई केन्द्रमा राखेर २०१९ देखि बिराटनगर जेसीजले सुरु गरेको तालिम सप्ताहलाई म्याराथनको रुपमा रुपान्तरण गर्दै यस बर्ष भिन्न रुपमा तालिमलाई समाजका बिभिन्न तहका ब्यक्तिहरुलाई लक्षित गरेर तालिम आयोजना गरिएको जानकारी दिनु भयो ।

नेपाल जेसीजले आयोजनामा सम्पन्न भएको मास्टर टट बाट दिक्षित हुनु भएका सुरुङ्गा जेसीजका कार्यकारीणि उपाध्यक्ष ऋषब सिंह चाहारले तालिम संचालन गर्नु भएको थियो । तालिममा सफल बक्ता र कार्यक्रम संचालक बन्नका लागि अप्नाउनु पर्ने विभिन्न बिषयको जानकारी दिइएको थियो ।

तालिम सप्ताहमा पहिलो दिन उद्घाटन तथा पब्लिक स्पिकिङ तथा प्रेजेन्टेसन स्किल, दोश्रो दिन हामीले जान्नु पर्छ , तेस्रो दिन सुचनाको हक , चौथो दिन व्यावसायिक दक्षता अभिबृद्धी तालिम,पाचौं दिन सामाजिक संजालको प्रयोग तथा वितिय साक्षरता तालिम , छैठौ दिन खानपानका क्रममा टेबलमा बस्दा चाहिने बानी सम्बन्धि तालिम सम्पन्न भइ सकेको र सातौं दिन शुक्रबार समापन तथा प्रभावकारी भाषणकला तालिम र समापन कार्यक्रम सम्पन्न भएको बिराटनगर जेसीजका तालिम निर्देशक शिव शंकर मण्डलले जानकारी दिनु भयो ।

तालिममा लियो जिल्ला परिषद ३२५ सि का बिभिन्न क्लबका अध्यक्ष तथा पदाधिकारीहरु तथा बिराटनगर जेसीज तथा जुनियर जेसीजका सदस्यहरु समेत गरि १०० भन्दा बढी ब्यक्तीहरुको सहभागिता रहेको कार्यक्रमका सयोजक जीवन कुमार यादबले जानकारी दिनु भयो ।

 कार्यक्रममा सात वटै कार्यक्रमका कार्यक्रम सयोजकले आफ्नो कार्यक्रमको रिपोर्ट प्रस्तुत गर्नु भएको थियो कार्यक्रममा गरेको तयारी , कार्यक्रमका लागि रहेका सहभागीको संख्या र प्रकृति,कार्यक्रमको भब्यताका आधारमा उत्कृष्ट कार्यक्रम सयोजक छनोट गरिएको थियोभने सात कार्यक्रम मध्येका उत्कृष्ट कार्यक्रम सयोजकका रुपमा अन्तिम कार्यक्रमका कार्यक्रम सयोजक जीवन कुमार यादब घोषित हुनु भएको थियो।

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

डेरामै चल्दै थियो नक ...

सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ ...

सुनसरीमा ‘नवरत्न बीट ...

सुनसरी/ भारतको प्रतिष्ठित पर्सनल केयर तथा आयुर्वेद ...

धरानबाट प्रतिबन्धित ...

सुनसरी/ धरान–१६ बाट प्रतिबन्धित लागू औषधसहित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved