बालेन साहको समर्थनमा इटहरीमा र्याली

  • असार १६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी / देशको राष्ट्रिय स्वाधिनता, सम्प्रभुता तथा राष्ट्रिय अखण्डता रक्षाको लागि हाम्रो अभियान भन्ने नाराका साथ सुनसरीको इटहरीका युवाहरुले काठमाडौं महानगरपालिका प्रमुख बालेन बालेनको समर्थनमा र्याली निकालेका छन ।

निर्दल बालेनका पक्षमा हाम्रो दलबल स्वतन्त्र नागरिक र्यालीको नाममा युवाहरुले बालेनका पक्षमा इटहरीमा रयाली निकालेका हुन् । र्यालीमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट समेत युवाहरुको सहभागिता रहेको थियो । र्याली इटहरीका मुख्य बजार क्षेत्रमा प्रर्दशन गरिएको थियो ।

ञवेथिती विरुद्ध बालेनको ह्यामर तयार छ बोक्न गाउँ र नगर लेखिएको ब्यानर सहित निकालिएको र्यालीका संयोजक पारमणी गेलालले बालेन जस्ता काम गर्नेहरुका पक्षमा हामी छौं र बालेन जस्ता युवाहरु इटहरी लगायतका ठाउँहरुमा पनि तयार हुन पर्छ भन्ने संदेश दिन रयालीको आयोजना गरिएको जानकारी गराए ।

बालेनको समर्थनमा निकालिएको र्यालीमा सहभागी हुन इटहरी आएका उदयपुर गाइघाटका माधवप्रसाद गेलाल बालेन साह प्रतिनिधि पात्र मात्र भएको र बालेनको जस्तो सोचका युवाहरुलाई अघि बढाउन र्यालीको आयोजना गरिएको वताए । र्यालीमा सहभागी युवाहरुले बालेनका पक्षमा विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए भने नारा समेत लगाएका थिए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved