बास्केटवल खेलाडि द्धारा साकेला पार्कमा श्रमदान

  • असार १७, २०८०
  • कोशीपत्र/संवाददाता
alt -बिकास चाम्लिङ राई

धरान/  बास्केटवल ट्यालेन्ट हन्टका खेलाडि विद्यार्थीहरुले शुक्रवार धरान १७ मा रहेको साकेला शास्कृतिक पार्कमा श्रमदान गरेका छन ।

उनिहरुलाई धरान बास्केटवल संघले सामाजिक कार्य व्यवहारिक रुपमा वुझाउनका लागि श्रमदानमा लगेका हुन ।

किरात राई यायोक्खा, सुनसरी द्धारा एक महिना देखि साकेला सास्कृतिक पार्क मर्मतसंभार तथा श्रृगारिने कार्य भइरहेको छ ।

हरेक वर्ष किरातिहरुको महान चाड उधौलि र उभौलि मनाइने पार्कमा चिल्ड्ेन पार्क निर्माण, विभिन्न सास्कृतिक तथा फलफुलका विरुवा रोप्ने, सरसफाई, रंगरोगन गर्ने जस्ता कार्यहरु भइरहेको छ ।

शुक्रवार डेढ दर्जन बास्केटवल खेलाडिहरुले चिल्ड्रेन पार्कमा झार विछ्याउने कार्यमा सहयोग गरेका थिए ।

राम्रो खेलेर मात्र हुदैन खेलाडिहरु फिट संगै अनुशासित र सहयोगि पनि हुनु पर्छ ।

यहि कुरो व्यावहारिक रुपमा सिकाउनलाई सामाजिक कार्यमा सहभागि गराइएको सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदिले जनाए ।

बास्केटवल खेलाडिले तिन घण्टा श्रमदान गरेका छन । सहयोगका लागि आएका खेलाडीहरुलाई किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले धन्यवाद दिएका थिए ।

साकेला पार्कमा रहेको १५ फिटको किरात राजा यलम्वरको प्रतिमा, वाबु पोखरि, पोखरिका रंगिन माछा, चिल्ड्रेन पार्क, गार्डन, किरात संस्कृति झल्किने आकर्षक प्रवेश द्धार, सभा हल, कार्यक्रम स्टेज, पिकनिक खान तथा घुम्न आउनेहरुको लागि वस्ने हटहरु,

व्यवस्थित टोइलेट वाथरुम, खानेपानी र विभिन्न प्रजातिका वोट विरुवाहरुले सास्कृतिक साकेला पार्कलाई आर्कषक वनाएको छ

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved