मुख्यमन्त्रीले २९ गते विश्वासको मत लिँदै नामकरणलाई प्राथमिकतामा राख्न सुझाव

  • पुष २८, २०७९
  • कोशीपत्र/संवाददाता
alt

मोरङ / प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुष २९ गते विश्वासको मत लिने भएका छन् । नेपालको संविधान २०७२ को धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त कार्कीले संविधानको धारा १६८ (४) बमोजिम नियुक्त भएको एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने हुन्छ ।

कार्की झापाको निर्वाचन क्षेत्र नं. ५ प्रदेशसभा १ बाट निर्वाचित भएका थिए । उनी झापाको गौरादहको स्थायी बासिन्दा समेत रहेका छन् । कार्की मुख्यमन्त्री बनेपछि गौरादहबासीले उनलाई आफ्नै स्थानका व्यक्ति मुख्य मन्त्री बनेपछि उनीहरुको अपेक्षा धेरै रहेको पाइएको छ । उनीहरुले मुख्यमन्त्री  कार्कीलाई सुझाव समेत दिएका छन् ।

नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की एमालेसहित माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा पुष २४ गते मुख्यमन्त्री नियुक्त भए । पुष २५ गते उनले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष पद तथा गोपनियताको सपथ लिएर सोही दिन नै पदभार ग्रहण गरे ।

झापा गौरादहका कार्की मुख्यमन्त्री भएपछि गौरादहका स्थानीय बासिन्दाहरु पनि हर्षित छन् । आफ्नै ठाउँको मान्छे मुख्यमन्त्री भएपछि उनीहरुको अपेक्षा पनि अपेक्षिकृत रुपमा बढेको छ ।
गौरादहका स्थानीय बासी गोपाल प्रसाद काफ्लले गौरादहलाई केन्द्रविन्दु बनाएर आसपासका क्षेत्रको विकासमा लाग्नुपर्नेमा जोड दिए ।

यस्तै प्रदेश नं. १ मा विकासको पहुँच नपुगेका स्थानमा विकास हुनुपर्ने र सबैको सल्लाह र सुझाव लिएर त्यसै अनुरुप अघि बढ्नुपर्ने मुख्यमन्त्री कार्कीलाई गृहनगरका बासिन्दाको सुझाव रहेको छ । स्थानीय केदादर प्रसाद कार्कीले भने ‘मुख्यमन्त्री वनेकोमा सबैभन्दा पहिला छ उहाँलाई बधाई छ, समोच्चको लागि उहाँले सरसल्लाह र सुझाव अनुसार उपयुक्त कामका लागि उहाँ अगाडि बढ्नुपर्छ ।’

प्रदेश नं. १ कै विकासको पहुँच नपुगेका स्थानको विकाससँगै गौरादह नगरपालिकाको विकासमा उहाँले भूमिका खेल्नुपर्ने बताउदै चाडै नै यसको नामाकरण गरिनुपर्ने सुझाव स्थानीयहरुको छ । गौरादहबासीले मुख्यमन्त्री कार्कीलाई गौरदहलाई गौरव गर्न लायक बनाउन र समग्र प्रदेश १ लाई नै गौरव हुनेगरीको काम गर्न स्थानीहरुले सुझाव दिएका छन् । उनीहरुले विकास निर्माण सँगसँगै युवा लक्षित कार्यक्रम समेत ल्याउन आग्रह गरेका छन् ।

गौरादहको स्थानीय युवा सन्तोष कार्कीले आफ्नो कार्यकालमा युवा लक्षित कार्यक्रमलाई अगाडि बढाउनुपर्ने सुझाव दिएका छन् । उनले भने–‘युवा लक्षित कार्यक्रम नहुँदा देशका युवाहरु विदेसिनुपर्ने अवस्था छ, यही रोजगारीको अवसर मिलाएर विदेसिने युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने कामलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।’

प्रदेश १ मा रहेका सडक बाटाघाटा लगायतका विकाससँगै युवाहरुको नेतृत्व र आर्थिक अवस्थालाई सुदृढ बनाउने कुरामा मुख्यमन्त्रीको कार्यक्रममा योजनामा पर्नुपर्ने स्थानीय राजु घिमिरे बताउँछन् । उनले भने–‘आफू युवा भएको कारणले मुख्यमन्त्री युवामैत्री बन्नुपर्छ भन्ने मेरो सुझाव रहेको छ ।’

समग्र भौतिक विकासका कुराहरु नियमित प्रक्रिया नै भए पनि अन्य कामहरुलाई पनि प्राथमिकता साथ अगाडि बढाउन गौरादहबासीको आग्रह छ । खासगरी प्रदेश १ मा शिक्षा र स्वास्थ्यका क्षेत्रमा आमूल परिवर्तन गर्न मुख्यमन्त्रीलाई स्थानीयहरुले सुझाव दिएका छन् । स्थानीय मित्रदेव काफ्ले भने ‘अहिले शिक्षा र स्वास्थ्यमा वास्तवमै विवेद देखा परेको छ,

पैसा हुनेहरुले सुविधा सम्पन्न ठाउँमा आफ्ना छोराछोरीलाई पठाउने र क्षमता भएका पैसा नहुनेका छोराछोरीहरुले पनि राम्रो विषय पढ्न नपाउने, जसले गर्दा विस्तारै समाजमा दुईवटा वर्गहरुको बीचमा धेरै ठूलो विवेदको सिर्जना हुन लागिरहेको छ ।’

उनले दुई वटा छिमेकी मुलुकहरु उस्तै प्रकारका रोग लागेकाहरुमा एउटा पैसा भएको कारणले सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न पाउने र अर्को त्यस्तै प्रकृतिको पैसा नभएको विरामीले उपचार नपाएर घरमै मृत्युवरण गर्नुपर्ने जस्ता विवेदलाई प्रदेश सरकारले गम्भीरतापूर्वक लिएर यस्ता विभेदलाई न्यूनिकरण गर्ने अभियान प्राथमिकतामा राखेर जानुपर्ने सुझाव उनको थियो ।

 

 

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved