सम्यक तिसौँ वर्षमा प्रवेश

  • पुस २७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको सम्यक शिक्षा समूह तिसौ वर्षमा प्रवेश गरेको छ ।
शिक्षा क्षेत्रमा केन्द्रित रही विद्यालय समेत सञ्चालन आएको सामाजिक संस्था सम्यक शिक्षा समूह तिसौँ वर्षमा प्रवेश गरेको हो ।

धरान–१७ मा सम्यक आधारभूत विद्यालय स्थापना, सञ्चालन समेत गर्दै आएको सम्यकले असहाय, शारीरिक अपाङ्गता भएका नागरिकहरूलाई आधारभूत सहयोग पनि गर्दै आएको छ ।
वार्षिकोत्सवको अवसरमा यसपालि पनि सम्यकले अपाङ्गता भएको दुई जना लाई व्हिल चियर प्रदान गरेको छ ।

पाँच जना दृष्टिविहिनहरुलाई सेतो छडी र १० जना ज्येष्ठ नागरिक वृद्ध, वृद्धालाई लौरो प्रदान गरेको छ । यसअघि पनि संस्थाले वार्षिकोत्सवमा शारीरिक अपाङ्गता भएकाहरुलाई वैशाखी सहितका सहायक सामाग्री प्रदान गर्दै आएको छ ।

धरान–१२ बुद्ध विहारमा सोमबार आयोजित वार्षिकोत्सवमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष प्राध्यापक डाक्टर सञ्जीव कुमार शर्माले बार्षिकोत्सवको उद्घाटन गरेका थिए । उनले उमेर ढल्कँदै गएका, ज्येष्ठ नागरिकहरूले मधुमेह र उच्च रक्तचापको स्थिति बारे सचेत रहनु पर्ने बताए ।

यी दुवैका कारण मानिसलाई मुटु, मृगौला, आँखा समेतको जोखिम हुने उनको भनाई छ ।
वार्षिकोत्सवको समारोहसँगै सम्यक शिक्षा समूहको नयाँ कार्य समितिको निर्वाचन सम्पन्न भएको छ ।

समूहको नयाँ कार्यसमिति अध्यक्षमा अनुपमा शाक्य निर्वाचित भएकी छन् । कार्यसमितिमा निवर्तमान अध्यक्ष चन्द्रमाया शाक्य, उपाध्यक्ष मनोज श्रेष्ठ, सचिव सुस्मिता शाक्य, कोषाध्यक्ष पञ्चु शाक्य, सहसचिव दीपेन्द्र श्रेष्ठ छन् । सदस्यहरूमा नवदिप साह, सृजना शाक्य, लक्ष्मी शाक्य र पुष्पा प्रधान रहेका छन् ।

सम्यक अध्यक्ष चन्द्रमाया शाक्यको सभापतित्वमा भएको पहिलो सत्रको कार्यक्रममा संस्थाका पूर्व अध्यक्षहरू विद्या शाक्य, मोहन श्रेष्ठ, देवेन्द्र शाक्य, सन्दीप शाक्य, अमृत शाक्य, हरिकृष्ण श्रेष्ठको उपस्थिति थिए भने विशेष अतिथिको रुपमा रोटरी क्लब काठमाण्डौका पूर्व अध्यक्ष निरञ्जनकुमार भट्टराई रहेका थिए ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved