मुख्यमन्त्री कार्कीले लिए सपथ मन्त्रीमण्डल समेत विस्तार

  • पुष २६, २०७९
  • कोशीपत्र/संवाददाता
alt

मोरङ / प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार सपथ लिएका छन् । उनीसँगै तीन जना विना विभागीय मन्त्रीले सपथ लिएका हुन् ।
नेकपा एमाले संसदीय दलका नेता कार्कीले मुख्यमन्त्रीको शपथ लिएपछि तीन जना मन्त्री नियुक्त गरी मन्त्रीमण्डल विस्तार गरेका हुन् ।

नेकपा एमालेका तिलकुमार मेन्याङ्बो, जसपाकी निर्मला लिम्बू र राप्रपाका भक्ति सिटौलाले मन्त्रीको शपथ लिएका हुन् । उनीहरू तीनैजनाको मन्त्रालय तोकिएको छैन । उनीहरूलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ गराएका थिए ।

मुख्यमन्त्रीमा नियुक्तिसँगै सपथ लिइसकेपछि कार्मीले प्रदेशप्रति जनताको टिप्पणी र आलोचनलाई सच्चाएर लाने बताएका छन । उनले प्रदेशप्रति जनताको टिप्पणी र आलोचनालाई सच्याएर जाने स्पष्ट पारे । शपथग्रहणपश्चात सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले नेपाली जनतालाई प्रदेश संरचना हाम्रो संरचना हो भनेर स्थापित गराउने प्रतिबद्धता जनाए ।

उनले भने–‘प्रदेश संरचनाको विषयमा अनाहकका कुरा उठिरहेको छ तर मेरो उद्देश्य भनेको हाम्रो संरचना हाम्रो लागि चाहिन्छ भन्ने मान्यतालाई स्थापित गर्ने हो ।’

उनले आफूहरुले ल्याउने न्युनतम साझा कार्यक्रममा यी बिषयलाई प्राथमिकतामा राखेर जाने बताए । उनले भने–‘जनताले सहजता महसुस गर्ने खालको काम काम गर्छु, जनता प्रदेश सरकार नजिक भएको भान हुने गरी काम गर्छु ।’ उनले प्रदेशको नामाकरणका विषयमा सबैसँग सहमति जुटाएर टुंगो लगाउने स्पष्ट पारे ।

 को हुन त हिक्मत कार्की ?

 वि.सं. २०२१ साल असोज ११ गते झापा जिल्लाको गौरादह नगरपालिकाको वडा नं. ३ मा पिता स्वर्गीय बमबहादुर कार्की र माता जानुकादेवी कार्कीको कोखबाट तेस्रो सन्तानको रुपमा हिक्मतकुमार कार्कीको जन्म भएको हो । अहिले उनको परिवारमा आमा, दाजु भाउजु, श्रीमति, दुई छोरी र एक छोरा छन् ।

उनको बाल्यकाल झापाको गौरादहमै बितेको हो । उनको एसएलसी सम्मको अध्ययन स्थानीय जनता माविमा भएको थियो । विद्यालयमा अध्ययन गर्दै गर्दा अनेरास्ववियुमा संंगठित भई विद्यार्थी राजनीतिमा प्रवेश गरेका कार्की पार्टी सम्पर्कमा भने २०३६ सालतिर मात्रै प्रवेश गरेका थिए ।

महेन्द्र वहुमुखी क्याम्पस धरानमा आइएल अध्ययन गर्ने उद्देश्यले २०४२ सालमा उनी धरान आएका थिए । आइएलको पहिलो ब्याचको रुपमा अध्ययन सकेर उच्च शिक्षाका निम्ति उनी नेपाल ल कलेज प्रदर्शनी मार्गमा भर्ना भएका थिए । उनले कानूनमा स्नातक तह एलएलएमको अध्ययन पूरा गरेका छन् ।

अनेरास्ववियुको् विभिन्न तहका कमिटीहरुको नेतृत्वदायी भूमिका निर्वाह गर्ने क्रममा क्याम्पसको प्रारम्भिक कमिटी, जिल्ला कमिटी काठमाण्डौ, बागमती अञ्चल कमिटीमा भूमिका निर्वाह गर्दै उनी २०५५ सालमा केन्द्रीय अध्यक्षको जिम्मेवारी उनले सम्हाले ।

नेपाल ल क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनको समेत नेतृत्व अर्थात् सभापति सम्हालेका कार्की विद्यार्थी विशेष जिल्ला कमिटीको सचिव, उपत्यका समन्वय समितिका सदस्य, मेची अञ्चल समन्वय समितिका सदस्य हुँदै २०७१ सालमा सम्पन्न भएको नेकपा एमालेको नवौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा प्रवेश गरेका थिए ।

पार्टीको पाँचौ राष्ट्रिय महाधिवेशनदेखि स्वयम्सेवकको केन्द्रीय कमाण्डमा प्रदीप नेपाल, विष्णु रिमाल, विनोद श्रेष्ठ, रुपनारायण श्रेष्ठ र विन्दा पाण्डेसँगै महत्वपूर्ण भूमिका रहँदै पर्यवेक्षक प्रतिनिधि हुँदै केन्द्रीय राजनीतिमा उनी रहेका छन् ।

नवौ महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित भएपछि २०७१ देखि ७३ सालसम्म मेची अञ्चल समन्वय कमिटीको इन्चार्जको रुपमा जिम्मेवारी बहन गरिसकेका कार्की संविधान अनकूल संघीयता कार्यान्वयन गर्ने गरी पार्टीको प्रादेशिक संरचनामा संगठन रुपान्तरण गर्ने चरणमा प्रदेश संंगठन कमिटी प्रदेश १ को प्रचार विभाग प्रमुखको भूमिका कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।

२०७४ सालको प्रदेशसभा निर्वाचनमा झापा जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नं. ५ (१) बाट प्रत्यक्ष निर्वाचित कार्की प्रदेश नं. १ को स्थापना कालीन मन्त्रिपरिषद्मा आन्तरिक मामिला तथा कानुन मन्त्रीका रुपमा २०७४ फागुन ३ गते जिम्मेवारी सम्हालेका थिए । करिब ३ बर्ष ७ महिना आन्तरिक मामिला तथा कानून मन्त्रीका रुपमा सफल कार्यकाल सम्पन्न गरी २०७८ भदौ १० गते सरकारबाट बाहिरिएका कार्कीले ५७ वटा प्रदेश कानून, दुई दर्जन भन्दा बढी नियमावली, कार्यविधि तर्जुमा गरी कानून निर्माणका क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन् । प्रदेशको शान्ति सुरक्षाको सम्बन्धमा प्रदेश प्रहरीहरुका क्षमता अभिवृद्धि, संस्थागत सबलीकरण, आधुनिकीकरण र पूर्वाधारको विकासमा महत्वपूर्ण योगदान उनले गरेका छन् ।

सीमा सुरक्षा मजबुत नबनेसम्म आन्तरिक सुरक्षा व्यवस्थापन फितलो हुने कुरालाई महसुस गर्दै केन्द्रीय सरकार मतहतको सशस्त्र प्रहरी बललाई समेत सबल र शक्षम बनाउँदै लैजानु पर्छ भनेर सीमा सुरक्षाका निम्ति विओपी निर्माण र थप गर्ने कार्यको समेत उनले अगुवाई गरेका थिए । सञ्चार क्षेत्रको समेत जिम्मेवारीलाई बोध गर्दै प्रादेशिक सञ्चार प्रतिष्ठान स्थापना गरी समग्र सञ्चार क्षेत्रको विकासमा समेत उनको योगदान रहेको थियो ।

देशका दुई ठूला कम्युनिस्ट पार्टीको एकताद्वारा निर्माण भएको नेकपाको केन्द्रीय कमिटी सदस्यका रुपमा रहेका कार्की एमालेको दशै राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यका रुपमा निर्वाचित भएका थिए । उनी अहिले नेकपा एमालेको स्थायी कमिटी सदस्य तथा प्रदेश १ को सहइन्चार्जको भूमिकामा रहेका छन् ।

 

 

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved