विजेता खेलाडी एवम् दाताको सम्मान

  • पुस २४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

ताप्लेजुङ/बाल सुवोधिनी संस्कृत माध्यमिक विद्यालयले खेलाडी र दातालाई सम्मान गरेको छ । फुङलिङ नगरपालिका वडा नं. ३ मा रहेको संस्कृत विद्यालयले वार्षिक कार्यक्रमको अवसरमा विजेता फुटवल खेलाडी र विभिन्न विधामा विद्यालयलाई सहयोग गर्ने दाताहरुलाई सम्मान गरेको हो ।

वार्षिक कार्यक्रमको अवसरमा खेलाइएको छात्र, छात्रा र हाइड्रोपावर इन्जिनियरिङ तर्फका विद्यार्थीहरुबीच भएको फुटबल खेलमा छात्रातर्फ कक्षा १२ का विद्यार्थीहरु विजेता र हाइड्रोपावर इन्जिनियरिङ दोश्रो सेमेष्टरका विद्यार्थीहरु उपविजेता भएका छन् । कक्षा ९–१२ को छात्र तर्फको फाइनल खेलमा कक्षा १२ का विद्यार्थीहरु विजेता र कक्षा १० का विद्यार्थीहरु उपविजेता भएका छन् । हाइड्रोपावर इन्जिनियरिङतर्फका छात्रहरु वीच भएको फाइनल खेलमा चौथो सेमेष्टर विजेता र पहिलो र दोश्रोसेमेष्टरको संयुक्त टीम उपविजेता भएका छन् ।

22

पुस २२ गते शुक्रबार सम्पन्न कार्यक्रममा विजेता फुटबल खेलाडी टिम र दाताहरुलाई सम्मान गरिएको थियो । दाता सम्मान कार्यक्रममा पाँच थान ल्यापटप, एक थान प्रोजेक्टर प्रदान गर्ने फुङ्लिङ नगरपालिका–३ र हाल अमेरिकामा बस्दै गरेका इ. डिल्लीरमण न्यौपानेलाई सम्मान गरिएको थियो । त्यसै गरी पोटकराम पुन्यमाता बराल पुस्तकालय स्थापना गर्ने दातामध्ये चिन्तामणि बराल, होमनाथ खिनमाया स्मृति छात्रवृत्ति कोष दाताहरुका तर्फबाट हरि प्रसाद न्यौपाने तथा न्यौपाने परिवारलाई, पृथ्वीविलास विष्णुमाया स्मृति छात्रवृत्ति कोष दाताहरुका तर्फबाट तुलसी घिमिरे तथा विमला घिमिरेलाई, अनुपा सिटौला स्मृति छात्रवृत्तिकोष स्थापना गर्ने दाताहरुका तर्फबाट कौशिला सिटौला, भौतिक निर्माणमा सहयोग गर्ने इन्द्र सुनुवारलाई, भौतिक निर्माणमा सहयोग गर्ने चेतनाथ घिमिरे, भौतिक निर्माणमा सहयोग गर्ने अभिषेक पालुङ्वा, अक्षयकोष स्थापना गर्ने युवराज बराल, अक्षयकोष स्थापना गर्ने राधाकृष्ण बराललाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक रामचन्द्र दाहालले बताए ।

कार्यक्रममा वि.व्य.स अध्यक्ष वुद्धिमान पालुङ्वाको अध्यक्षता रहेको थियो । फुङलिङ नगरपालिका ३ नं. वडाका वडाध्यक्ष टंक पालुङ्वाको प्रमुख आतित्थ्य र विद्यालयका दाताहरुको विशिष्ट आतित्थ्यतामा सु सम्पन्न भएको थियो । कार्यक्रममा अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved