धरान मोडल कलेजको खेल सप्ताह सुरु "दौड प्रतियोगितामा प्रभात र सिर्जना प्रथम"

  • पुस २४, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/धरान मोडल कलेजको सप्ताहव्यापी खेलकुद कार्यक्रम सुरु भएको छ । आइतबार छोटो दौड प्रतियोगिताको आयोजना गरी खेल सप्ताह सुरु गरेको हो ।

IMG20230108071153_copy_3253x1789

धरान १ मा रहेको कलेजले विगतका वर्ष झैँ यस वर्ष पनि खेलकुद सप्ताह सुरु गरेको हो । खेलकुद सप्ताह उद्घाटन कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले धरानको भानु चौकमा आयोजित दौड प्रतियोगितालाई रिवन काटेर सुरु गर्दै खेल सप्ताहको उद्घाटन गरेका थिए। कार्यक्रममा बोल्दै बेघाले भने : यसले धरानलाई खेलकुदको सहरका रुपमा परिचित बनाउन मद्दत गर्नेछ। यस्ता कार्यक्रमको आयोजना गरिरहने मोडल कलेजलाई धन्यवाद दिए । 

IMG20230108072753_copy_1024x458

उद्घाटन कार्यक्रममा धरान रनका संयोजक रमु राई, ट्राफिक प्रहरीका असई नारद प्रसाद दाहाल, कलेजका प्राचार्य प्रविन राई, प्राध्यापक, समाजसेवी, पत्रकार, विद्यार्थी, सुरक्षा प्रमुख प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन कलेजका प्राध्यापक एवम् दौड प्रतियोगिताका संयोजक भवानी शंकर भट्टराईले गरेका थिए ।

खेल सप्ताहको पहिलो दिन भएको दौड प्रतियोगितामा छात्रातर्फबाट तीन किलो मिटर दौडमा कलेकी छात्रा सिर्जना राई, अस्मिता राई, स्वस्तिका खड्का क्रमश: प्रथम, द्वितीय र तृतीय भएका थिए । त्यसै गरी छात्रातर्फको पाँच किलोमिटर दौडमा कलेजका छात्रहरु प्रभात राई, साङ्गे शेर्पा, छविलाल बुढाथोकी क्रमश: प्रथम, द्वितीय र तृतीय भएका थिए । प्रतियोगितामा छात्राछात्र गरेर जम्मा पचासजना विद्यार्थीले भाग लिएका थिए ।

IMG_20230108_150222

सप्ताहव्यापी कार्यक्रममा फुटसल, चेस, क्यारेमबोड, चाइनिज चेकर, हाजिरीजवाफ प्रतियोगिता, कविता लेखन तथा वाचन प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, सरसफाई, टेबलटेनिस, नृत्य तथा गायन प्रतियोगिता, रक्तदान जस्ता बहुविधा प्रतियोगिता रहेको सप्ताहव्यापी कार्यक्रमका मूल संयोजक विष्णु खनालले बताए । २८ गते सम्म प्रतियोगिता हुने र २९ गते समापन हुने पनि उनले बताए ।

IMG_5124_copy_2420x1939

 

सियोन स्कुलमा अभिभाव ...

धरान/ धरान-१६ स्थित सियोन स्कुलमा बुधबार अभिभावक दिवस, ...

धरानको भानुचौकमा यात ...

धरान/नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानले यातायात ...

सिटी मन्टेश्वरीको १ ...

धरान/ धरान–१६ स्थित सिटी मन्टेश्वरी चिल्ड्रे ...

तेह्रथुमको तीनजुरेबा ...

सुनसरी/ कोशी प्रदेशको पर्यटन प्रवर्द्धन अभियान अन्तर्गत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved