एसओएसमा कला, प्रविधि तथा विविधतासम्बन्धी प्रदर्शनी

  • पुष २२, २०७९
  • अभिमन्यु अभिजित
alt

इटहरी /  एसओएस हर्मन माइनर माध्यमिक विद्यालयले बिहीबार कला, प्रविधि तथा विविधतासम्बन्धी प्रदर्शनी गरेको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उद्घाटन गरेको प्रदर्शनीमा एसओएसकै नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले विविध प्रस्तुति राखिएका थिए ।

IMG-20230105-WA0018

प्रदर्शनीमा विद्यार्थीहरूले रोबोट, वाटरबोट, खगोल–भूगोल, थारूहरूका कलाकृति, पर्यावरण, हस्तकला, ज्वालामुखीलगायत विभिन्न एक सय प्रस्तुति राखेका थिए । अभिभावकहरू, विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षक, व्यवस्थापन समितिका सदस्य एवम् स्थानीयले समेत प्रदर्शनी अवलोकन गरेका थिए । कला र प्रविधिको सुन्दर संयोजनले नै जीवन सार्थक हुने अबको युगलाई विद्यार्थीहरूले प्रदर्शनीमार्पmत् सम्बोधन गरेको भन्दै प्रमुख जिल्ला अधिकारी यादवले विद्यार्थीहरूको प्रशंसा गरे ।

eeee

सैद्धान्तिक शिक्षालाई प्रयोगात्मक बनाउन सिकाउने उद्देश्यले हरेक साल आयोजना गरिने यो कार्यक्रमले विद्यार्थीहरूलाई स्वरोजगार र सिपयुक्त बनाउन सहयोग पु¥याएको विद्यालयका प्रधानाध्यापक शान्तिराम तिम्सिनाले बताए । प्रदर्शनीले बालबालिकाका रुचि र क्षमतालाई अभिव्यक्त गर्न सहयोग गर्ने हुँदा प्रत्येक वर्ष शैक्षिक क्यालेन्डरमै समावेश गरेर यस खालको कार्यक्रम आयोजना गर्ने गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा एसओएस बालग्रामका निर्देशक देवचरण चौधरीले जनाए ।

‘विद्यालय तहमा यस खाले प्रदर्शनी कमै हुन्छन्, भएका पनि यत्तिको गुणात्मक र विषयक्षेत्रसँग सम्बन्धित विरलै हुन्छन् ।’ इटहरी म्याट्रिक्सका कलाकार तथा बाह्य परिवेक्षकका रूपमा सहभागी कलाकार विक्रमश्रिले बताए । अबको शिक्षा जीवनोपयोगी र प्रयोगशील हुनुपर्ने कुरा एसओएसबाट सबैले सिक्नुपर्ने विक्रमश्रिको भनाइ छ ।

eeeee

 

‘लिखित परीक्षाबाट मात्रै विद्यार्थीको मूल्याङ्कन गरिने हुँदा वैयक्तिक प्रतिभाको खोजी नै नगर्ने हाम्रो शिक्षानीति तथा अभ्यास छ’, कार्यक्रमका संयोजक भेषराज गौतमले भने, ‘ यसमा सुधार गर्दै अबका दिनमा यस खाले प्रदर्शनीले स्वरोजगार र सिपमूलक बनाउने, स्वदेशमै केही उपार्जन गर्न मद्दत पुग्ने हुँदा यस्तो अभ्यास सबैले गर्नुपर्छ ।’

हर्मन माइनर विद्यालय इटहरीसहित देशभर सात ठाउँमा सञ्चालनमा छन् । आश्रयहीन बालबालिकाको आवासीय हेरचाहसहित समुदायका बालबालिकालाई पनि शिक्षा दिइरहेको एसओएस विद्यालय विश्वका १३५ देशमा सञ्चालन भइरहेका छन् ।

दलित लक्षित नेतृत्व ...

धरान/ दलित लक्षित कार्यक्रम अन्तर्गत धरान उपमहानगर ...

एचआइभि संक्रमित परिव ...

धरान / पोजिटिभ समुह द्धारा वुधवार धरानका एचाआइभी स ...

महेन्द्रगेटको सौन्दर ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाको प्रसाशनिक केन ...

आफुले पाएको मत पहिचा ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा पराजित पहिचान प ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved