बिदा बसेकी प्राध्यापकको अनधिकृत हस्तक्षेप

  • पुस २२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt -- फाइल तस्बिर

धरान /बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टीमा बसेकी प्रोफेसरले चिकित्सकमाथि अनधिकृत हस्तक्षेप गरे पनि प्रतिष्ठान प्रशासन मौन रहेको पाइएको छ ।
नाक, कान, घाँटी विभागकी प्राडा संगीता भण्डारीले जनवरीदेखि ’स्यावोटिकल लिभ’ स्वीकृत गरी छुट्टीमा बसेको देखिन्छ ।

तर सिनियर रेसिडेन्स लगायतको करार थपमा अनावश्यक हस्तक्षेप गरेको प्रतिष्ठानको नाक, कान, घाँटी विभाग स्रोतले जनाएको छ ।

विभागका एचओडी श्याम थापामाथि प्राडा भण्डारीले अनावश्यक दबाब दिने गरेको स्रोतको भनाइ छ । प्राडा भण्डारी एचओडी थापाकी प्रोफेसरसमेत रहेकाले थापाले दबाब झेल्दै आएको स्रोतको भनाइ छ ।

प्रतिष्ठानभित्र अनावश्यक राजनीतीकरण गर्ने पात्रका रुपमा प्राडा भण्डारीलाई लिने गरिएको छ । उनले प्रतिष्ठान पदाधिकारीलाई अनावश्यक मुद्दा लगाएर दुःख दिंदै आएकी छन् ।

प्राडा सन्जिव शर्मा शिक्षाध्यक्ष भएपछि प्राडा भण्डारीले प्रतिष्ठानका उपकुलपति विरुद्ध मुद्दा दायर गरेकोसमेत चर्चामा आएको छ । प्राडा भण्डारीले आफ्ना नजिकका व्यक्तिलाई शिक्षाध्यक्ष बनाउन पहल गर्दै आएकी थिइन् तर उनको पहल निश्फल भएपछि मुद्दा लगाएर दुःख दिने गरेको स्रोतको भनाइ छ । प्राडा भण्डारीले प्रतिष्ठानमा आफ्नो सिण्डिकेट चलाउने गरेको आरोप लाग्दै आएको छ ।

यस अघि पनि प्रतिष्ठानमा कार्यरत नाक, कान, घाँटी विभागका सिनियर रेजिडेन्ट डा प्रविद गजुरेलमाथि कार्यक्षेत्र (अपरेसन थियटर) प्रवेशमा रोक लगाएपछि प्राडा भण्डारी विवादमा आएकी थिइन । प्राडा भण्डारीलाई अनधिकृत रुपमा चिकित्सकमाथि दबाब दिने, अनावश्यक अनुशासनमा राख्ने र मनोवैज्ञानिक तनाव दिने लगायतको आरोप लाग्दै आएको छ ।

प्रतिष्ठान नियामवलीअनुसार ’स्यावोटिकल लिभ’ चिकित्सकले ५ वर्ष सेवा गरेपछि १ वर्षका लागि अध्ययनलगायतको प्रयोजनका लागि विदा पाउने गरेका छन् । विदा स्वीकृत भएपछि समय नसकिउन्जेल चिकित्सकले फिर्ता हुन पाउँदैनन् ।

तर प्राडा भण्डारीले प्रतिष्ठानमा हाजिर गर्दै आफ्ना जुनियर चिकित्सकमाथि अनधिकृत हस्तक्षेप गरेको आरोप लागेको छ ।
यस अघिको नजिरअनुसार रुपा सिंह रेक्टर हुँदा एनेस्थेसिया विभागका एचओडी एसएन सिंहलाई बिदा सकिन डेढ महिना बाँकी हुँदासम्म प्रतिष्ठान प्रवेश गर्न अनुमति लिंदा नियामावलीले नदिने भन्दै रोक लगाइएको थियो ।

आरोपका विषयमा प्राडा भण्डारीलाई फोन सम्पर्क गरेर बुझ्ने प्रयास गर्दा उनले मोबाइल फोन बारम्बार विच्छेद गरेकी थिइन् । यस अघि पनि आरोपका विषयमा उनले प्रतिक्रिया दिन मानेकी थिइनन् ।

 

चुनु हत्या प्रकरण,मु ...

धरान । सुनसरीको धरान ६ पानबारीको वन परिसरमा भएको चुनु क ...

धरान फाइटनाइटमा १६ ब ...

धरान । बैशाख १२ गते धरानमा हुन लागिरहेको धरान फाइटनाइत ...

२४ केजी गाँजासहित एक ...

सुनसरी/  सुनसरीको हुलाकी राजमार्ग खण्डमा लागू ...

मेटा अन्ततः नेपाल आय ...

काठमाडौं/  नेपाल सरकारले सामाजिक सञ्जाल प्लेट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved