धरानमा चिसोको प्रभाव : विजयपुरका मन्दिरहरुमा चहलपहल देखिएन

  • पुस २१, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / अत्यधिक बढेको चिसोसँगै लागेको बाक्लो हुस्सुका कारण जनजीवन नै प्रभावित भएको छ । सडककै ढाक्ने गरी लागेको हुस्सुका कारण सर्वसाधारणले घर बाहिर निस्एिका छैनन् । जसका कारण सबै क्षेत्रमा चहलपहल कम भएको छ । यसै क्रममा सधै अत्याधिक चहलपहल हुने धरान १४ विजयपुरका मठमन्दिरमा समेत चिसोका कारण भक्तजनहरुको चहलपहल देखिएन ।

सधै चहलपहल हुने धरान उपमहानगरपालिका वडा नंं १४ विजयपुरमा रहेका मठमन्दिरमा बुधबार खासै चहलपहल देखिएन । बाक्लो हुस्सुसँगै बढेको चिसोका कारण मन्दिरमा पूजाआजा गर्न जानेहरु पूजाआजा तथा दर्शन गर्न नगएकै कारण मन्दिरमा चहलपहल कम भएको हो ।

hussu

विजयपुरको दन्तकाली मन्दिर, पिण्डेश्वर मन्दिर र बुढासुब्बा मन्दिर अन्य मन्दिर भन्दा चहलपहल हुने मन्दिरमा पर्छन । यहाँ दैनिक हजारौ सर्वसाधारण दर्शन तथा पूजाआजाका लागि आउने गरको छन् । तर बुधबार भने सर्वसाधारणको आवातजावत नै कम रहेको थियो । अंग्रेजी महिनाको पहिलो महिना जनवरी १ देखि अत्याधिक भीड हुने दन्तकालीमा बुधबार भने सुनसान रहेको दन्तकाली मन्दिरका पूजारीहरुहरुले बताएका छन् ।

चिसोको प्रभावका कारण सर्वसाधारण मन्दिरमा नआएको मन्दिरका पूजारी केशवप्रसाद अधिकारी भनाई छ । ब्राम्हण समाजका एक नं. प्रदेश अध्यक्ष समेत रहेका अधिकारी प्रत्येक दिन चण्डी पाठ गर्न दन्तकाली मन्दिरमा पुग्छन् । अरु बेला असाध्यै भीड हुने दन्तकल मन्दिरमा हुस्सु र अत्याधिक चिसोका कारण सर्वसाधारण मन्दिरमा नआएको उनको भनाई छ ।

पुष र माघ महिनामा पूजाआजा कम हुने समय भएको भक्तजन कम आउने गरे पनि बुधबार भने भक्तजनहरुको चहलपहल अत्यन्तै कम कम भएको उनको भनाई छ । उनले भने–‘म सधै दन्तकाली मन्दिरमा पूजाकै लागि आउने गर्छु, पुषमा पूजाआजा गर्दा अरुबेला भन्दा कम फल मिल्ने र माघमा स्वस्थानी ब्रतका कारण सर्वसाधारण मन्दिरमा त्यति आउँदैनन्, यो समयमा फाट्टफुट्ट आउने गरे पनि बुधबार भने आउनेको संख्या अत्यन्नै न्यून थियो, शायद जाडोको प्रभाव हुनुपर्छ ।’

दन्तकालीमा मात्र हैन, धरानको बुढासुब्बामा समेत अत्याधिक चिसो बढेकै कारण भक्तजनहरु कम आएको देखिन्थे । टाढाबाट शैक्षिक भ्रमण, टुरमा आएका बाहेक पूजाआजा र दर्शन गर्न आउनेको संख्या न्यून रहेको थियो । बुढासुब्बा अगाडि फूलमाला विक्री गर्दै आएका डम्बर श्रेष्ठले हिजो अस्तीको तुलनामा भक्तजनहरु कम आएको बताए ।

उनले भने–‘आज चहलपहल अन्त्यन्तै कम छ, हुस्सु लागेर बाटो देखिदैन, जाडो खपिनसक्नु छ, जाडोले गर्दा कम आएका हुन् ।’ उनले अरुबेला विहानै १ हजार भन्दा बढीको फूलमाला बेचिसक्ने बताए । तर बुधबार भने विहान ११ बजेसम्म २ सय रुपैयाको फूलमाला समेत विक्री नगरेको बताए । उनले भने–‘आज मन्दिरमा चहलपहल अत्यन्तै कम छ, चहलपहल नभएकै कारण विक्री पनि अत्यन्तै कम भएको छ ।’

विजयपुर क्षेत्रमा मात्र मन्दिरको दर्शन गर्न वा भाकल पूरा गर्न दैनिक हजारौको संख्यामा सर्वसाधारण पुग्ने गर्छन् । यहाँ एक दर्जन भन्दा मठ मन्दिर भएपनि मुख्य भीड हुने मन्दिरको रुपमा पिण्डेश्वरी, दन्तकाली र बुढासुब्बा मनिदर पर्दछ । तर यी मन्दिरहरुमा समेत बुधबार अत्यन्तै कम मात्रामा सर्वसाधारण आएको पाइएको थियो ।

विजयपुरका मठमन्दिरम धरान तथा धरान आसपासका जिल्ला, प्रदेश नं. १ लगायत भारतबाट समेत भक्तजनहरु दर्शन तथा भाकल पूरा गर्नका लागि आउने गरेका छन् ।

वराहक्षेत्र नगरपालिक ...

चतरा/वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाले नगर भित्र ...

चुनु हत्या प्रकरण,मु ...

धरान । सुनसरीको धरान ६ पानबारीको वन परिसरमा भएको चुनु क ...

धरान फाइटनाइटमा १६ ब ...

धरान । बैशाख १२ गते धरानमा हुन लागिरहेको धरान फाइटनाइत ...

२४ केजी गाँजासहित एक ...

सुनसरी/  सुनसरीको हुलाकी राजमार्ग खण्डमा लागू ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved