विराटनगर महानगरले निर्माण सामग्री हटाउन सुरु "महानगरलाई सफाई, सुन्दर र व्यवस्थित गर्ने अभियान अन्तर्गत हटाउन शुरु गरेको हो"

  • पुस २०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / विराटनगर महानगरपालिकाले फुटपाथमा रहेका निर्माण सामाग्रीलाई हटाउन शुरु गरिएको छ ।

नियमविपरीत पसल अगाडि निर्माण गरिए संरचना हटाएको महानगरले अब सडक किनार र फुटपाथमा राखेका निर्माण सामग्री हटाउन सुरु गरेको हो । नगर प्रहरी र सफाईका कर्मचारीले निर्माण सामग्री हटाउन सुरु गरेका हुन् । सरसफाई शाखा र नगर प्रहरीको समन्वयमा मंगलबारदेखि विराटनगरका विभिन्न सडक किनार र फुटपाथमा राखेका सामग्री हटाउन थालेको छ 

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा विराटनगर–८ स्थित धर्मबाँध रोडमा राखिएका बालुवा, गिट्टी, इँटा, टाली हटाइएको छ। महानगरको जेसीवीले ट्रयाक्टर र ट्रकमा राखेर महानगरले फुटपाथबाट निर्माण सामग्री उठाएको छ ।विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित विकसित बनाउने महानगरको अभियानमा कसैसित पनि सम्झौता नहुने मेयर कोइरालाले बताए ।

उनले सबैको साथ र सहयोगले विराटनगर सफासँगै व्यवस्थित बनाउने दाबी गरे ।‘विराटनगरलाई सफा र व्यवस्थित बनाउने महानगरको अभियानमा हामी कसैसित पनि सम्झौता गर्दैनौं,’ मेयर कोइरालाले भने, ‘यो अभियानमा महानगरवासीको पूर्ण साथ रहन्छ भन्ने हामीलाई विश्वास छ ।

निर्माण सामग्री हटाउन महानगरले सार्वजनिक सूचनासँगै पटक–पटक माइकिङसमेत गरिसकेको छ । महानगरको सूचनालाई बेवास्ता गरेर आवतजावतलाई नै असर पर्ने गरी राखिएका निर्माण सामग्री हटाइएको नगर प्रहरीका प्रमुख राजन पौडेलले बताए ।

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved